आजदेखि ‘जनतासँग माओवादी: तराई मधेस जागरण अभियान’, कचनकवलबाट प्रचण्डले उद्घाटन गर्ने

२०८१ फाल्गुन १२ गते , सोमबार


आजदेखि ‘जनतासँग माओवादी: तराई मधेस जागरण अभियान’, कचनकवलबाट प्रचण्डले उद्घाटन गर्ने
नेकपा माओवादी केन्द्रले आज झापाबाट ‘जनतासंग माओवादीः तराई मधेश जागरण अभियान’ शुरु गर्दैछ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवलबाट अभियानको उद्घाटन गर्न लागेका हुन् । अभियान उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत एक दर्जन नेताहरु शनिबार नै झापा आइसकेका छन् ।


अध्यक्ष प्रचण्डले कचनकवलस्थित नेपालकै होचो भूभागमा रहेको स्तम्भमा झण्डोत्तोलन गर्ने, राजवंशी समाज विकास समितिको भवनमा सहिद परिवारहरूसँग भेटघाट गर्ने र दिउँसो १२ बजे बनियानीमा आयोजित बृहत् जनसभाका बीच अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए।
आजै दिउँसो ३ बजे बाह्रदशी गाउँपालिकाको राजगढस्थित राजवंशी चोकमा आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने र त्यसपश्चात् झापा गाउँपालिकामा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका झापा इन्चार्ज रन्जित तामाङले जानकारी दिए ।झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुने बताइएको छ ।
प्रचण्डको परेड राजनीति !
अध्यक्ष प्रचण्डले यस पटक पनि परेडको राजनीतिलाई निरन्तरता दिएका छन् ।  उनले आज बिहान झापाको सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट  पुनः सगरमाथा चोकसम्म मर्निङ वाक गरेका छन् ।  गत असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि देश दौडाहा थालेका प्रचण्ड प्रायः नेताहरूलाई लिएर मर्निङवाकमा निस्कन्छन् । मर्निङवाकका क्रममा प्रचण्डले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई दायाबायाँ राखेका थिए ।यसअघि उनले बिर्तामोडमा पनि त्यस्तै मर्निङ वाक गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment