पाँचथर – हिलिहाङ गाउँपालिकाले समाजमा उदाहरणीय कार्यको थालनी गर्दै गाउँपालिका भित्र रहेका बिरामी तथा ज्येष्ठ नागरिकहरूलाई उपचारको लागि अस्पताल जाने र घर फर्कने एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँपालिकाको यो निर्णयले आर्थिक अभावका कारण समयमा उपचार पाउन नसक्ने स्थानीयहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ। विशेष गरी दुर्गम बस्तीका ज्येष्ठ नागरिक र गम्भीर बिरामीहरूलाई सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सेवा सुरु गरिएको हिलिहाङ गाउँपालिकाले जनाएको छ।
स्थानीयवासीहरूले यसलाई गाउँपालिकाको सकारात्मक र जनमुखी कदमको रूपमा स्वागत गरेका छन्।
0 comments:
Post a Comment