राेङ, ३० जेठ : झण्डै दुई वर्षअघि महामारीको रूपमा फैलिएको लम्पी स्किन डिजिज फेरि इलामको राेङ गाउँपालिकामा देखिएको छ। किसानले पालेका गाई, भैंसी र गोरुमा फैलिएको यस रोगका कारण अघिल्लो पटक करोडौंको नोक्सानी व्यहोरेका किसानहरू पुनः रोग देखिन थालेपछि त्रासमा परेका छन्।
पशुमा सुन्निने, घाँस दाना नखाने, ज्वरो आउने, छालामा फोका र घाउ देखिने लक्षणसहित सुरु हुने लम्पी स्किन डिजिजले अन्ततः पशु मृत्यु हुन सक्ने खतरा हुने भएकाले किसानहरूमा चिन्ता बढेको छ।
राेङ गाउँपालिका पशु शाखाका प्राविधिक राकेस कुमार राउतका अनुसार हालसम्म गाउँपालिकाका सबै वडामा गरी १६ किसानका १७ वटा पशुमा संक्रमण देखिएको छ भने १ वटा पशुको मृत्यु भइसकेको छ। यद्यपि सयौंको सङ्ख्यामा पशुहरूमा संक्रमण फैलिएको अनुमान गरिएको छ।
राेग नियन्त्रणका लागि तयारी अघि बढाइएको र आईतवारदेखि विशेष अभियान सञ्चालन गरिने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वाेले जानकारी दिए। उनका अनुसार पशुप्राविधिक, जनप्रतिनिधि, टोल विकास समिति लगायत सबै सरोकारवाला पक्षलाई तयारी अवस्थामा राखेर रोग नियन्त्रणको प्रयास अघि बढाइने छ।
स्थानीय प्रशासन, किसान तथा पशुसेवामा संलग्न निकायहरूलाई सजग रहन अनुरोध गरिएको छ।

0 comments:
Post a Comment