चारआलि, झापामा बाढीको प्रभाव: लक्कि डिपार्टमेन्टमा लाखौंको क्षति

झापा, जेठ २९ — झापाको मेचिनगर नगरपालिका–१३ स्थित चारआलि चोकमा रहेको लक्कि डिपार्टमेन्ट (आर्यन प्लाजा) मा बुधवार रातिको अविरल वर्षाले ठुलो आर्थिक क्षति पुर्‍याएको छ। निर्माणाधीन पूर्व–पश्चिम राजमार्गको नालिबाट पस्दा डिपार्टमेन्टमा बाढीको पानी पसेको थियो।

डिपार्टमेन्ट सञ्चालक रमेश आचार्यका अनुसार बाढीले किराना सामान, कस्मेटिक सामग्री, गिफ्ट आइटम, इलेक्ट्रोनिक्स, सजावटका सामग्री तथा लत्ताकपडासमेत पूर्ण रूपमा नष्ट गरेको छ। प्रारम्भिक अनुमानअनुसार करिब ६० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

घटनास्थलमा प्रहरी चौकी चारआलिबाट प्रहरी निरीक्षक प्रमोद रेग्मीको कमाण्डमा टोली खटिएको थियो। टोलीले तत्काल उद्दार कार्य सञ्चालन गरेको हो। घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय व्यापारीहरूका अनुसार राजमार्ग विस्तारको क्रममा जल निकासीको उचित व्यवस्था नभएकै कारण वर्षासँगै पानी सडक हुँदै आसपासका व्यापारिक प्रतिष्ठानमा पसेको हो। स्थानीय निकाय र सरोकारवाला निकायको ध्यान नगए आगामी दिनमा अझ ठूलो क्षति हुने खतरा रहेको उनीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment