असार ४, २०८२
सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२० कोशी लोकमार्गमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई रोडमा पल्टिदा मोटरसाईकल चालक धनकुटा पाख्रिबास नगरपालिका–४ घर भई हाल इटहरी–१ स्थित बस्दै आएका ५३ बर्षीय राजेन्द्र श्रेष्ठको श्रीमती ४५ बर्षीया हिरा मेघाले घाईते भएका थिए ।
घाईते मेघालेलाई उपचारको लागि आर्य न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
0 comments:
Post a Comment