मेचीनगरबाट ३०० केजी माछा बरामद


मेचीनगर नगरपालिका–५ नकलबन्दाबाट तीन सय केजी भारतीय माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । आज बिहान ९ बजे प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको तीन सय केजी माछा खाल्डो खनेर पुरेको हो । उक्त ३०० केजी माछाको मूल्य एक लाख २० हजार बराबर रहेको प्रहरीले जनाएको छ ।
पशु क्वारेनटाइन काँकडभिट्टाबाट आएका प्रतिनिधिको रोहबरमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा परिसरमा खाल्डो खनेर माछा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment