फरार प्रतिवादी ज्ञानबहादुर रसाइली पक्राउ

माईपोखरी न्यूज, 


इलाम — अपहरण उद्योगसम्बन्धी मुद्दामा फरार रहेका झापाका ज्ञानबहादुर रसाइली पक्राउ परेका छन्।
सम्मानित इलाम जिल्ला अदालतको लगत नम्बर १७४१ अनुसार ३ महिना २३ दिन कैद सजाय र रु. ५,००० जरिवाना तोकिएको रसाइलीलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष प्रहरी टोलीले मिति २०८२ असार ४ गते (२०८२।०३।०४) पक्राउ गरेको हो।
६० वर्षीय रसाइली झापा जिल्ला मेचिनगर नगरपालिका–२ का स्थायी बासिन्दा हुन्। उनी घरमै लुकिछिपि बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ।
पक्राउपछी उनलाई जिल्ला कारागार इलाममा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment