जनकपुरधाम – सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ। गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंह मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार अभिषेकको शव मंगलबार बिहान घरदेखि केही परको आँप बगैँचामा फेला परेको हो। घटनास्थलमा डग टोली बोलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
अभिषेक आइतबार राति करिब ८ बजे घरबाट बेपत्ता भएका थिए। परिवारले रातभर खोजतलास गर्दा पनि पत्ता लगाउन सकेनन्। सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको परिवारजनले बताए।
यसबारे परिवारले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी अहिले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
0 comments:
Post a Comment