झापाको बिर्तामोडमा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु


७ असोज, बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा धारिलो हतियार प्रहार गरी एकजनाको मृत्यु भएको छ।

स्थानीय ३५ वर्षीय फुर्वा तामाङलाई सुतेकै अवस्थामा सोही ठाउँका २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले धारिलो हतियार प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तामाङको शरीरका विभिन्न भागमा खुकुरी र बसिला प्रहार गरिएपछि घटनास्थलमै मृत्यु भएको हो। घटनामा प्रयोग गरिएका खुकुरी र बसिला प्रहरीले बरामद गरेको छ।

हत्या अभियुक्त दुवै जनालाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइसकेका छन्।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment