इलाम जिल्लाको देउमाई नगरपालिका–९ स्थित नवमी बजारबाट नेपालमा प्रतिबन्धित मदिरा बरामद गरिएको छ।
मिति २०८२ माघ १८ गते इलामको जितपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलीले इलामबाट जितपुर नवमी बजारतर्फ आउँदै गरेको मे १ च ६५६० नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त मदिरा फेला पारेको हो।
प्रहरीले गाडीबाट नेपालमा प्रतिबन्धित GOLDEN MELON BRANDY नामक मदिरा १० कार्टुन (१२० पिस) बरामद गरेको जनाएको छ। बरामद मदिराको अनुमानित मूल्य हालसम्म खुल्न सकेको छैन।
घटनापछि पिकअप गाडी र गाडी चालक इलाम नगरपालिका–९ निवासी २७ वर्षीय सागर श्रेष्ठ लाई नियन्त्रणमा लिइएको छ।
बरामद गरिएको मदिरा तथा गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पशुपतिनगर बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 comments:
Post a Comment