भद्रपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालकको अवस्था पनि गम्भीर


झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका २ निवासी ६४ वर्षीय कुलप्रसाद खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज साँझ ६:२० बजेको समयमा मेची राजमार्ग अन्तरगत भद्रपुर बनियानी सडक खण्डको भद्रपुर-२ स्थित सगरमाथा चोकमा बनियानिबाट भद्रपुर तर्फ आइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदल यात्री खरेललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएका खरेललाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल पुराउँदा डाक्टरले मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर-६ निवासी २१ वर्षीय अनुराग घोषको अनुहारमा चोट लागेकोले गम्भीर अवस्थामा प्रादेशिक अस्पताल भद्रपुरमा पुर्‍याएको र त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार भद्रपुर-६ निवासी २१ वर्षीय मन्दिप दंगालको अवस्था सामान्य रहेको र मोटरसाइकल प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment