भद्रपुरमा सिरिन्जले घाेपेर एकजनाको हत्या

२०८२ माघ २३ गते , शुक्रबा


झापाको भद्रपुरमा सिरिन्ज प्रहार गरी एकजनाको हत्या भएको छ ।

बिहीबार साँझ ६ः२० बजे भद्रपुर नगरपालिका–१० धनुषमोड बस्ने ६४ वर्षीय खेमराज ढकाललाई उनको घरमा सिराहा बिष्णुपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले सुईले घाँटीमा घोपेर हत्या गरेका हुन् । घाइते ढकाललाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा लगि चेकजाच गराउँदा डाक्टरले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक हरिबहादुर कटुवालको कमाण्डमा प्रहरी टोली खटिएर सुई प्रहार गर्ने सिंहलाई सुईसहित नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment