सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट


२२ माघ, सर्लाही । सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तिय संस्थामा लुटपाट भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले वित्तिय संस्थाभित्र प्रवेश गरेर लुटपाट गरेको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर वीरेन्द्र सिंह जोखारीका अनुसार, ५–६ जनाको समूह प्रवेश गरेर बिहीबार दिउँसो कार्यालयमा लुटपाट गरेको हो ।
उक्त समूहले संस्थाका कर्मचारीमाथि छुरा प्रहार समेत गरेको जोखारीले  बताए । छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन् ।
अहिले सो स्थानमा प्रहरी पुगेर थप अनुसन्धानको काम अघि बढाएको छ । लघुवित्तका कर्मचारीलाई कोठामा बन्द गरेर लुटपाट भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment