झापामा जंगली हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

२०८२ फाल्गुन १२ गते , मंगलबार


झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ बोक्राझारी निवासी ५० वर्षीया लीला राजवंशी रहेका छन् । गएराति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा लीलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फागुन ७ गते बिहान ५ ४५ बजे लखनलाल राजवंशीकी श्रीमती लिलाले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जंगली हात्ती आई उनीमाथि आक्रमण गरेको थियो । लीलालाई आक्रमण गरी शरीरको विभिन्न भागमा चोट पुर्‍याइ गम्भीर घाइते बनाएको बनाएको थियो । घाइते उनलाई बीएण्डसी अस्पताल उपचारको लागि लगिएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment