माघ २७, २०८२
विराटनगर । मोरङको सुन्दरहरैचामा प्रहरीले हतियार र सञ्चार सेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बूको घरबाट पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले लिम्बुको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको सुत्ने कोठाबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, बाओफेङ लेखिएका दुई थान हेण्डसेट र भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा लिम्बूले उक्त हतियार र हेण्डसेट सुन्दरहरैचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङबाट लिएको खुलाएका थिए। लगत्तै प्रहरीले गुरुङलाई पनि उनकै घरबाट नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको मोरङका प्रहरी प्रवक्ता हरिनन्दन चौधरीले जानकारी दिए।

0 comments:
Post a Comment