इलाम–१ बाट नेपाली कांग्रेसका निश्कल राई र इलाम–२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्य चुनिएका छन्।
सुहाङले २२ हजार ४२६ मत पाउँदै कांग्रेसका भेषराज आचार्यलाई ७ हजार ७७६ मतान्तरले पराजित गरे।
निश्कल राईले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूलाई ९११ मतान्तरले पराजित गरे।
२६ फागुन, इलाम । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा इलामका दुई फरक क्षेत्रबाट फरक पार्टीका युवा उम्मेदवारले जित निकाले । इलाम–१ बाट नेपाली कांग्रेसका निश्कल राई र २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्य चुनिएका हुन् ।
सुहाङ र निश्कलले चुनाव जितेपछि विपक्षी मतदाता समेत खुसी देखिएका छन् । सामाजिक सञ्जालदेखि सार्वजनिक टिप्पणीसम्म ‘इलामले दुई सक्षम युवा सांसद पायो’ भन्ने प्रतिक्रिया आइरहेको छ । देशैभरि रास्वपाको लहर रहेका बेला मतदाताले पार्टीको झण्डाभन्दा उम्मेदवारको उमेर, शैक्षिक योग्यता, सालिनता, इमान्दारी र भविष्यको नेतृत्व क्षमता हेरेर भोट दिएको देखिन्छ ।
कतिपयले पुरानै पार्टीहरूलाई जिताएको भन्दै सामाजिक सञ्जालमा इलामवासीको आलोचना पनि भएको छ । यो आलोचनाको प्रतिवाद गर्दै डिजिटल अभियन्ता माधव लुइँटेल फेसबुकमा लेखेका छन्, ‘इलामेली आँखा चिम्लेर होइन, आँखा खोलेर निर्णय गर्छन् । आफ्नो मत पार्टीको झण्डालाई होइन, इलामको भविष्य बदल्न सक्ने आफ्नै पुस्ताका सक्षम युवालाई दिएका हौं ।’
शिक्षक माधव भट्टराईले पनि सुहाङ र निश्कललाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘माननीय सुहाङ नेम्वाङ सर र निश्कल राई सरलाई हृदयदेखि बधाई । हामी शिक्षक हौं, त्यसैले कुनै पनि राजनीतिक पार्टीमा संलग्न छैनौं । तर तपाईंहरूको इमानदारी र सम्पूर्ण इलामेली जनता तथा नेपालको सेवाप्रति समर्पणमा हाम्रो विश्वास छ ।’
इलाम क्षेत्र नम्बर २ बाट एमालेका ३६ वर्षीय सुहाङले २२ हजार ४२६ मत प्राप्त गर्दै कांग्रेसका भेषराज आचार्यलाई ७ हजार ७७६ मतान्तरले पराजित गरे । यो उनको दोस्रो संसदीय जित हो । गत वर्षको उपनिर्वाचनमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको सिटमा जित हासिल गरेका सुहाङले यसपटक आफ्नो आधार थप मजबुत बनाएका छन् ।
मतदाताले उनले संसद्मा देखाएको सक्रियता र प्रस्तुतिको उच्च मूल्याङ्कन गरेका छन् । संसद्मा उनले कानुनी तर्क, तथ्य र संयमित बहस गरेका थिए । आक्रामक भाषाभन्दा शालीन र अध्ययनपूर्ण प्रस्तुतिले उनलाई राजनीतिक वृत्तमा छुट्टै पहिचानसहित स्थापित गरेको छ ।
इलामका होटल व्यवसायी कुमार श्रेष्ठ भन्छन्, ‘सुहाङको बोली आक्रोश होइन, तर्क र तथ्यमा आधारित हुन्छ । त्यसैले विपक्षी मतदाताले पनि उनलाई सम्मान गर्छन् ।’
पारिवारिक विरासतले सुरुवाती फाइदा दिएको भए पनि उनको व्यक्तित्व र संसदीय प्रदर्शनले युवा मतदातालाई समेत आकर्षित गरेको विश्लेषकहरू बताउँछन् । असोज १८ र १९ गते इलाममा आइपरेको बाढी–पहिरोको विपतमा सुहाङले योगदान पुर्याएको इलामेलीले ठानेका छन् ।
यसैगरी, इलाम–१ मा कांग्रेसका ३५ वर्षीय निश्कल राईले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूलाई ९११ मतान्तरले पराजित गरे । लामो समयदेखि वामपन्थी प्रभाव रहेको क्षेत्रमा कांग्रेसले २६ वर्षपछि प्रतिनिधिसभा सिट जितेको हो ।
यस पटक युवा उम्मेदवार निश्कल राईको जितसँगै इलाम–१ को राजनीतिक परिदृश्य फेरिएको छ । सूर्योदय नगरपालिका–४ का स्थायी बासिन्दा राई शिक्षित तथा युवा पुस्तामा लोकप्रिय नेताका रूपमा परिचित छन् ।
उनले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । उनी शंकरदेव क्याम्पसका पूर्वलेक्चरर समेत हुन् । विद्यार्थी राजनीतिबाट उदाएका राईले नेपाल विद्यार्थी संघमा लामो समय आबद्ध रहेर काम गरेका छन् । राई नेपाली काङ्ग्रेसको संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । उनले रोजगारी सिर्जना, सिप विकास र उद्यमशिलता प्रवर्द्धनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका थिए ।
इलामलाई ‘सम्भावनाको जिल्ला’ भनेर प्रस्तुत गर्दै स्थानीय स्रोतको सदुपयोगमा जोड दिएका उनले मतदातामा सकारात्मक प्रभाव छोडे । निश्कलको विपक्षमा मत दिएकी कन्यामकी व्यवसायी माया राई भन्छिन्, ‘भोट त माटोमै हालेको हो । तर निश्कलले जित्दा पनि हामी खुसी छौं । निश्कलको उमेरको मान्छे सांसदमा गए त हाम्रो छोराछोरीको लागि काम गर्छ नि ।’
फिक्कलका व्यवसायी प्रभाकर प्रधानले निश्कलको विजय भएपछि खुसी व्यक्त गर्दै भने, ‘निश्कलको उमेर, शिक्षा र सोचले नयाँ पुस्ताको प्रतिनिधित्व गर्छ । उनीसँग काम गर्ने ऊर्जा र स्पष्ट भिजन छ । त्यसैले म भन्छु इलामका दुवै उम्मेदवारले संसद्मा प्रभाव छोड्नेवाला छन् ।’
सुहाङको विपक्षमा भोट दिने मतदाता पनि उनको शालिनता र संसद्मा प्रभावशाली प्रस्तुति देखेर खुसी छन् । इलाम–२ का रामकुमार गुरुङ भन्छन्, ‘म एमालेको समर्थक होइन, तर सुहाङको काम गर्ने शैली र तर्कशक्ति देखेर खुसी लाग्छ ।’
निश्कलको विपक्षमा भोट दिने मतदाता पनि उनको स्पष्ट दृष्टि र युवा ऊर्जा देखेर उत्साहित छन् । युवा शिक्षक कविता राई भन्छिन्, ‘म एमालेको मतदाता हुँ, तर निश्कलको लोभलाग्दो योजना र कार्यशैली देख्दा खुसी लागेको छ । उनले जित्दा पनि खुसी नै छु ।’
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चले पनि इलामका मतदाताले परम्परागत दल भित्रका यी युवा अनुहारलाई छान्नुको कारण उनीहरूको युवा उमेर, व्यावहारिक दृष्टि, परिपक्वता र काममा केन्द्रित नेतृत्व क्षमता हो ।
इलामका राजनीतिक विश्लेषक विष्णु काफ्ले भन्छन्, ‘मतदाताले अब केवल पार्टीको नाम वा नयाँ शक्तिको नारा हेरेर भोट दिँदैनन्, उम्मेदवारले संसदमा के गर्यो, स्थानीय विकासमा के बोल्छ र भविष्य कस्तो देखिन्छ भन्ने हेरेर निर्णय गर्छन् ।’

अनलाइन खबरबाट साभार

0 comments:
Post a Comment