गोलरक्षक प्रदिपको उत्कृष्ट प्रदर्शनसंगै मछिन्द्र सेमिफाइनल प्रवेश


इलाम : गोलरक्षक प्रदिप भण्डारीको उत्कृष्ट प्रदर्शनसंगै मछिन्द्र क्लब तेश्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । ठुलो टुडिखेलमा जारी प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा पाहुना टोली एन पेनाङ एफसी मलेसियालाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै मछिन्द्रले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा मछिन्द्रका गोलरक्षक भण्डारीले मलेसियाको २ वटा प्रहार बचाएका थिए । मलेसियाका कप्तान लहान सुब्बा र निशान लिम्बुको प्रहार भण्डारीले बचाए । पाउल फेमी र ओलाये डाउडको प्रहार गोलमा परिणत भएको थियो ।

गोलरक्षक प्रिसोको प्रहार आकाशिएको थियो । मछिन्द्रको तर्फबाट कप्तान देवेन्द्र तामाङ, सनिश श्रेष्ठ र मिलन चाम्लिङले गोल गरे । दिवाकर चौधरीको प्रहार बाहिरिको थियो भने दिपेश गुरुङको प्रहार गोलरक्षक प्रिसोले बचाएका थिए । आजको खेलमा मछिन्द्रका प्रशिक्षक प्रवेश कट्वालले पहिलो रोजाईका गोलरक्षक विशाल श्रेष्ठलाई विश्राम दिएका थिए ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका गोलरक्षक भण्डारी घोषित हुँदै नगद ८ हजार १ सय प्राप्त गरेका थिए । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा अघिल्लो २ संस्करणको विजेता न्यूरोड टिम (एनआरटी) र चित्लाङ एफसी भिड्दैछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment