पञ्चकन्या हाइड्रोको मुख्य पाइप फुट्दा उत्पादन प्रभावित, मानवीय क्षति भएन


इलाम — सन्दकपुर गाउँपालिका–४ गुम्बाडाँडास्थित पञ्चकन्या हाइड्रो पावरमा प्रयोग हुने मुख्य पाइप फुट्दा विद्युत उत्पादन प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मिति २०८३ साल वैशाख ७ गते दिउँसो करिब ३:०० बजे पावर हाउसतर्फ जाने मुख्य पाइप फुटेको जानकारी ३:२० बजे प्राप्त हुनासाथ प्रहरी चौकी माबुबाट टोली खटिएको थियो।

प्रहरी टोली घटनास्थल पुगेर बुझ्दा उक्त घटनाबाट कुनै मानवीय वा पशुचौपाय क्षति नभएको पुष्टि भएको छ। पाइप फुटेसँगै संचित पानी बगेको र हाल मर्मत कार्यका लागि तयारी भइरहेको जनाइएको छ।

सम्बन्धित हाइड्रो पावरका कर्मचारीलाई घटनाबारे जानकारी गराइसकिएको छ भने पाइप मर्मत कार्य संचित पानी पूर्णरूपमा बगिसकेपछि मात्रै सुरु हुने बताइएको छ।

स्थानीय स्तरमा भने केही समयका लागि विद्युत उत्पादन अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment