थेवेलाई प्रकाश स्मृति पुरस्कार
इलाम-२०७० सालको ‘प्रकाश मानवअधिकार पुरस्कार’ इलामका मानव अधिकारकर्मी मोहनसिंह थेवेले पाएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ ले संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा हरेक बर्ष दिने पुरस्कार इलामको मानवअधिकार मञ्च, नेपालका संस्थापक अध्यक्ष थेवेले पाएका हुन् । लामो समयदेखि शिक्षण तथा प्राध्यापन पेशामा रहेका थेवेले २०४६ सालमा प्रजातन्त्र र २०६२÷०६३ मा लोकतन्त्रका लागि जिल्लामा निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको इन्सेकले जनाएको छ । काफ्लेको स्मृतिमा स्थापित यस पुरस्कारबाट सम्मानित हुने थेवे २० औं व्यक्ति हुन् । पुरस्कार वापत थेवेलाई नगद ५० हजार रुपैयाँ र सम्मान–पत्र दिइएको छ । संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले इलाम सदरमुकाममा शुक्रबार आयोजित एक समारोहमा थेवेलाई सम्मान गरेका हुन् । स्थापनाकालदेखि नै मञ्चमा आवद्ध भई थेवेले मानवअधिकारको रक्षा, सम्वद्र्धन र संरक्षणमा निरन्तर काम गरेको इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले बताए । थेवे सादा जीवनशैली र प्रष्ट विचारकका रुपमा जिल्लामा चिनिन्छन् । ‘किशोरावस्थादेखि नै आम मानिसका अधिकारका लागि भएका हरेक आन्दोलनमा थेवे सक्रिय सहभागी हुँदै आउनु भएको छ’–इन्सेकको सम्मान–पत्रमा उल्लेख छ ।देशमा चलेको दशक लामो सशस्त्र द्वन्द्वमा पनि थेवेले इलाममा शान्ति कायम राख्न उल्लेखनीय भूमिका निर्वाह गरेको जनाउँदै प्याकुरेलले जनताका माझ बसेर सदैव अधिकारको वकालत गर्नु सजिलो काम नभएको बताए । उनीबाट देश र समाजले मानवअधिकार रक्षाका क्षेत्रमा अझै धेरै अपेक्षा गरेको समेत प्याकुरेलले बताए ।
khusi lago
ReplyDelete