फर्कियो पानी
गृष्म सुब्बा
माइपोखरी इलाम जिल्लामा रहेको महत्वपूर्ण धार्मिक स्थल रहेको र केही वर्ष अगाडि देखि यहाँको पानी सुकदै गएकोले इलाम लगायत देश विदेशमा हुने नेपालीलाई अत्यन्तै चिन्ता बढी रहेको थियो । पानी कसरी सुक्यो माइपोखरीमा रहेको नहटाउनुपर्ने जालो हटाइयो, फोहोरमैला गर्ने मानिस र फोहोर मैला बढ्यो र धार्मिक स्थलमा पर्यटक प्रबन्ध भन्दै डुंगा चलाउने, वरिपरि राम्रो नराम्रो बोल्ने, जे पायो त्यही फ्याँक्दै हिँड्ने, पोखरी वरीपरि काटमार गर्ने जस्ता कृयाकलाप बढ्कोमा सबै दुखी थिए । २००७ साल देखि पोखरीमा नारणदील साधु र निर्मलमाई पुजा गर्दै बस्नुभएको थियो, उहाँहरु भन्नुहुन्थ्यो त्यतिबेला पोखरी वरिपरि घर बस्ती थिएन । सधै पुर्णिमाको साँझमा घण्टी, डम्बरु बज्थ्यो, कहिले काहीँ त पोखरी बिचबाट ठूलो आवाज पनि आउँथ्यो । जालो हटाउनु हुँदैन जालो माथि भगवानको खेल्ने ठाउँ हो , पोखरीमा पुजा गर्न आउनेलाई टिकट काट्नु हुँदैन ,तिर्थ बेच्नु हुँदैन जसले श्रद्धा भक्तिले नै दान गर्छ, पोखरीलाई सफा राख्ने काम गर्छ, रुखविरुवा रोप्छ उसलाइ सधैँ राम्रो हुन्छ भन्नुहुन्थ्यो र त्यतिबेला वहाँहरुले रामा्र राम्रा जातका बिरुवाहरु टाडा टाडा बाट ल्याइ पोखरी वरि परि रोप्नुहुन्थ्यो । त्सस्तै २०४७ साल फागुन देखि ल्हासाहाङ्मा देवी माता र हरीहाङ्बोल कुटी बनाई पुजा गर्दै आउनु भएको थियो हाल माता इन्द्रमाया पुजा गर्दै बस्नु भएको पोखरी सुक्दा साह्रै दुखी हुनुभएको थियो र २०७० सालमा माइपोखरी सारै धेरै सुक्यो , अर्केै ठाउँमा सर्यो, राती बाजा बजाउँदै गयो भन्ने हल्ला चल्यो धेरै मानिसहरु हेर्न गए । हामिले पनि मन थाम्न सकिएन, श्रीमति सहित नानीहरु  लिएर गयौँ । 
पोखरी त साँच्ची नै सुकेको रहेछ थोरै मात्र पानी हेर्दै जाँदा आँशु नै आउने गरी । के गर्ने के नगर्ने कसलाई भन्ने भन्ने भयो । पुजा गरिसकेपछि धुप बालेर यहाँ साँच्चै भगवान छ । हाम्रो मानव जातिको गल्तीकै कारण भगवान रिसाएर पानी सुकेको हुनु पर्छ भन्ने हामीलाई लागेको र म, नवीन अधिकारी जी, जस्वीरेका युवा भाईहरु र पुर्वेली ट्याक्सी सघका साथीहरुसँग सल्लाह गरी पुजा गरौँ भन्ने भयो । पुजा त गर्ने भइयो तर कसरी गर्ने, पैसा कहाँबाट ल्याउने, पुजारी कसरी बोलाउने केही पत्तो हामिलाई थिएन । जस्बीरे श्याम कमल सर सँग सल्लाह गरी पण्डितहरु सुलुबुङ्गतिर को को हुनुहुन्छ भन्ने जिम्मा लिनुभयो, गोबिन्द पौडेल ज्यूसँग गुरुकुलबाट पण्डितहरु लाने के के पुजा गर्नुपर्छ सोधिदिउँ भनेँ, वहाँले पनि सहयोग गर्नु भयो । नस्ण शुक्ल पाठ १००८ पाठ, चण्डी पाठ, बेदको १९ अध्यायमा रहेको देवी शुक पाठ नौ कुनामा नौ देवीको लिङ्ग राखी पुजा गर्नुपर्छ भनेर गुरुहरुले भन्नु भयो । त्यस्तै लामा गुरु जमुनाका जामेन लामा ज्युलाई पनि सोधियो लामा गुरुहरुले पनि अष्टमंडल पूजा, सणगमन पुजा, शुध्धी सस्त अक पुजा, रिदेन टुवा धर्मकला, नागदेवी पुजा शुधी आरती गरी परिक्रमा गर्नु पर्छ भन्नुभयो । साधु गुरुहरुलाई पनि बर्धु देखि, माबु देखि बोलाइयो । स्वर्गीक मार्गका गुरुहरुलाई पनि बोलाई किरात धर्म गुरु पनि आउनु भयो र अन्य सम्पूर्ण धार्मिक संघ संस्थाहरुलाई पनि बोलाई सबै सँग सल्लाह गरी यो पुजा हामी सबैको हो र माइपोखरी संरक्षणको लागि हो र यो केही योजना बिना गरिँदै छ । जसजसको मा जे जे छ आफू आफूले ल्याउनु आफु आफु मिली हामी सबै भएर पुजा गरौँ भन्ने सल्लाह भएर सबैलाई खबर गरियो । पत्रकार साथीहरुले धेरै सहयोग गर्नुभयो । नेपालवाणी एफ एम ले पुजा भरी प्रत्यक्ष प्रसारण गरिदिनु भयो र २०७०÷३÷७ को दिन पोखरी वरिपरि सफाई तथा वृक्षारोपण कार्यक्रम राखियो । इलाममा भएका सबै संघ संस्था , धार्मिक संघ सस्था, नेपाल प्रहरी ,शसश्त्र प्रहरी , शिक्षक, बिधार्थी सबै लागि परेर सफाईमा खटिनु भयो सबै तिर बाट मानिसहरु आउनु भयो सबले सहयोग गर्नुभयो कसैले ग्यास दिए कसैले आटा, कसैले बुनियाँ, कसैले आलु, कसैले चिया पत्ती, कसैले चामल कसैले दाउरा । २०७०÷३÷८ देखि पुजा सुरु भयो, ब्राम्हण गुरुहरु,लामा गुरुहरु,किराँत गरुरुहरु पढ्न र साधु गुरुहरुपनि पुजा पाठ गर्न थाल्नुभयो । सबै जात जाति धर्मावलम्बीहरु ले पुजा गर्नु भो । पाथिभरा माता देवी मा बस्नुहुने माता पनि आउनु भायो । पुजा गर्नुभयो । उहाँले त पोखरी फर्किन्छ भन्नु भएको थियो । वरिपरि पाठ पुजा ३ दिन सम्म चली रह्रयो । तिर्थालु हरु धेरै आु्उनु भयो । सबै पकाउने खुवाउने भाडा धुने चिया बाँड्ने, फलफूल बाड्ने सबै व्यस्त थिए । त्यहाँ काम गर्न पाउँदा सबै खुसी देखिन्थे । त्यहाँ कुनै जात जाति धर्म को भेदभाव थिएन । लामागुरु हरु, ब्राम्हण गुरुहरु, साधु गुरु, किराँत धर्म गुरुहरु सबै एकै ठाउँमा बसेर पुजा गरिरहनु भएको थियो । सम्पूर्ण मानव जाति एक हौ । दुख पीर सबैलाई पर्छ, भन्ने सबैमा देखिन्थ्यो,पोखरी सुकेकोमा सबै दुखि देखिन्थे सायद त्यही भएर होला तेति धेरै मानिसको उपस्थिति थियो तयहा । तिन दिन सम्म पुजा भयो । सबै पाठहरु गरियो । माइपोखरी ,देउराली ,सुम्बेक, सुलुबुङ,जस्बिरे,स्थानिय शेर्पा समाज,माबु,माइमझुवा,पूवा मझुवा जमुना, धार्मिक संघ संस्थाहरु,ओम शान्ति, राधे राधे, मानव  धर्म सेवा समिति,र अन्य सम्पूर्ण धार्मिक संघ संस्थाहरु ,इलाम उघोग बाणिज्य संघ,भानु रत्न टोल बिकास संस्था,र अन्य बिभिन्न संघ संस्थाहरु बाट आफ्नो आफ्नो क्ष्ोत्रबाट सक्दो सहयोग गरि पुजा समापन भयो ।

त्यो पुजा सम्झिँदा अहिले पनि हामी छक्क पर्छौ । कसरी भयो, कहँबाट त्यति मानिसहरु आए सबै कुरा को व्यवस्थापन कसरी भयो, पैसा कसरी जुट्यो । हामीले त त्यस्तो हुन्छ भनेर पत्याएकै थिएनौँ । यो सबै देख्दा लाग्यो साँच्ची नै माइपोखरीमा भगवानको बास रहेछ । त्यसै कारण यस्तो पुजा सम्भव भयो भन्ने लाग्यो । अहिले माइपोखरीमा पानीको मात्रा निक्कै बढेको छ ।  पोखरी देवीस्थान भएको ठाउँ मा मुहान फुटेर ठुलो पानी आइरहेको देखिन्छ पोखरीको वरिपरि भित्र बाट घुम्न सकिदैन । स्थानीय निम दोर्जै शेर्पाको भनाइ अनुसार एक रातमा १ इन्च पानी बढेको छ । यसरी मुल नफुटेको धेरै वर्ष भएको थियो । हामीले हेर्दा पनि अब कतै बाट नाला पाइपमा पानी ल्याएर हाल्नु पर्ने देखिदैन । तर केही कुरामा चाहिँ ध्यान पुर्याउनु पर्ने हुन्छ । फोहोर मैला र विशेष गरेर पानी निस्केको देवीस्थान माथि बाट मानिसहरुको आवातजावतलाई तारबार गरी अर्को तिरबाट बाटो बनाउनुपर्ने र मुहानको संरक्षण गर्नुपर्ने हुन्छ । रुख विरुवा रोपी जथाभावी काट्नु हुँदैन । गुराँसको हाँगा लाग्ने फुल टिप्ने काम बन्द गर्नुपर्छ । जिल्ला विकास बाट र बन कार्यलय बाट चौकीदार राख्नु पर्छ । र त्यस्ता काम गरेको पाइएमा कडा कारबाही गरिनुपर्छ । पुजारी राखी नियमित विहान बेलुका पुजा गर्ने व्यवस्था गराउन सक्दा राम्रो हुने थियो होला । जे होस पानी धेरै बढेको छ । यसरी बढ्दा अव २०÷२५ दिनमा पहिलेकै भरी भराउ अबस्थामा आउने अनुमान गर्न सकिन्छ । तपाई हामी सबैलाई खुसी लागेको छ । देवीले यसरी नै बास गरुन माइपोखरी देवीले सम्र्पूा मानव जातिलाई खुसी दिउन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete