कृषिबाट करोडौंको मालिक
सन्ताउन्न वर्षअघि तीनचार महिना पिँडालु खाएर जीवन गुजारा गरिन्थ्यो, मध्ये दिउँसो चियाबारीमा भेटिएका सूर्योदय नगरपालिका फिक्कल रमिते गाउँका गंगा प्रधानले विगत सम्झिए त्यो बेला सम्झिँदा सपनाजस्तै लाग्छ । तर, उनले बाबुकै बिँडो थामेर समृद्धिको ढोका खोले र अहिले करोडौंको मालिक बनेका छन् । 
चालीस सालतिर बाबुले सुरु गरेको खेतीपातीलाई नै उनले पेसा बनाए । प्रधानका बाबुले तत्कालीन फिक्कल गाविस, हालको सूर्योदय नगरपालिका रमिते गाउँलाई कर्मभूमि बनाए । १० जना छाराछोरीलाई आफ्नै मेहनतले पाले । मानबहादुरले १५ सालेदेखि झापाको शनिश्चरेबाट घोडामा सुर्ती बोकेर भारतको सुकिया पोखरी र्पुयाउने काम थाले । सुकियाबाट आटा, मैदा बोकेर झापा पुग्दा तीन दिन लाग्ने गरेको थियो । परिवारसँग घरबाट हिँडेका तीन दिनमा मात्र भेट हुने गरेको थियो । उनले यही कर्म गरेर १० जनाको परिवार पालेका थिए ।
इलाममा पोलिथिन पाइप प्रयोगमा आउन थालेपछि उनले सिँचाइको उपाय झिके र घोडा खेप्न छोडेर खेतीतर्फ लागे । प्रसंग २०४० सालको हा । मानबहादुर दुग्ध उत्पादनका साथै आलु र अदुवा खेतीतर्फ लागे । परिवार नै कृषिमा लाग्यो । बजारनजिकैको रमिते गाउँको उत्पादनले भाउ पायो । यसले उनीहरूका सुखका दिन सुरु भए ।  २०४५ सालमा उनी जिल्लास्तरीय उत्कृष्ट किसान बने । उनकै कर्मले उनको परिवारलाई बलियो बनायो । सातजना छोराले अहिले पनि कृषिबाटै बर्सेनि प्रतिव्यक्ति चार लाखभन्दा बढि नाफा आर्जन गर्दै आएका छन् ।  अहिले सबैको हातमा एक करोडभन्दा बढीको सम्पत्ति छ । कृषि र कृषिउपजको व्यापार नै अहिले पनि उनीहरूको दिनचर्या हो । मानबहादुरले २०४० सालतिर कृषि विकास बैंकबाट कर्जा लिएर खेती सुरु गरेका थिए । मेहनती बाबु र उनको पदचापमा हिँड्ने छोराहरूको कारण कृषि पेसामा कहिल्यै हरेस खानुपरेन । २०४६ सालमा ४५ हजारमा सुक्खा सिरुबारी खरिद गरेर अदुवा रोप्दा एक वर्षमै ५० हजारको अदुवा बिक्री गरो । त्यसले जग्गा खरिद गरेको ऋण तिरेर पनि वर्षभरि खान पुग्ने कमाइ भयो । यो सफलताले खेतीप्रतिको मोह झन् चुलियो । बुबाको नेतृत्वमा ४५ सालतिर दैनिक ५० लिटरसम्म दुग्ध उत्पादन, ६ सय मनसम्म हिउँदे आलु, पाँच सय मनसम्म अदुवा बेचेको अनुभव छ छोरा गंगासँग । अहिले प्रधानका छोराहरू छुट्टाछुट्टै गरिखाने भएका छन् ,। गंगा भन्छन् मेहनत गरेरै आफ्नो लागि पुग्ने बनाएका छौं । कृषिमै लागेर उनीहरू आफ्ना नानीहरूलाई राम्रा विद्यालयमा पढाउन सफल भएका छन् । 
कमाइको हिस्सा सेवामा
एक वर्षअघि बाबु मानबहादुरको मृत्यु भएपछि उनका छोराछोरीले बाबुको नाम अमर बनाउन कमाइको केही हिस्सा सेवामा सुम्पन थालेका छन् ।  उनीहरूले समाज सेवा गर्ने पवित्र उद्देश्यले मानबहादुर प्रधान स्मृति प्रतिष्ठान स्थापना गरेर सामाजिक कार्यमा समेत हात हालेको छोरा टीकाप्रसाद प्रधानले बताए । २०६९ माघ २३ मा स्थापना भएको प्रतिष्ठानले फिक्कल उच्च माविमा दुई लाख १० हजार रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । सो अक्षय कोषको ब्याजले कक्षा एकदेखि १२ सम्मबाट उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ । प्रतिष्ठानले फिक्कल उच्च माविलाई गत वर्ष १५ हजार रुपैयाँ बराबरको पुस्तक उपलब्ध गराएको थियो । प्रतिष्ठान अहिले पनि सामाजिक क्रियाकलापमा सक्रिय रहेको छ । प्रतिष्ठानले कृषि र प्रविधि नामको रेडियो कार्यक्रम उत्पादनमा पनि सहयोग गर्दै आएको छ । किसानलाई सहयोगी हुने रेडियो कार्यक्रमले धेरैको हित हुने भएकाले रेडियो नेपालवाणीबाट प्रसारण हुने कृषि र प्रविधि कार्यक्रमलाई सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष गंगा प्रधानले बताए ।
स्वर्गीय मानबहादुर प्रधानकी श्रीमती नैनकुमारी, छोराहरू दुर्गा, कमलकुमार, रतन, श्याम, टीकाप्रसाद, दिलिप, गंगाकुमार, छोरीहरू यामकुमारी, इन्दिरा र हरिमायाको सक्रियतामा प्रतिष्ठान स्थापना भएको  हो । कमाइको १० प्रतिशत समाजका लागि खर्च गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरेको अध्यक्ष गंगा प्रधानल्ऽे बताए । स्थानिय सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment