माईपोखरीको पानीको सतह बढ्दै 
maipokhari 2071
भदौ ःदैनिक जसो बर्षाद्को पानीले इलामको धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा पानीको सतह बढ्न थालेको छ । बर्षाद्को पानीले पोखरी छेउछाउका मुहानहरु फुटेर पानीको सतह बढेको त्यहाँ पुगेका भक्तजन तथा स्थानीय बासिन्दाको भनाई छ । दुई बर्ष अघिदेखी पोखरीको पानीको सतह घट्दै गएकोमा यसपाली गएको महिनादेखि नै पानीको सतह बढ्दै गएको हो । पानीको सतह बढेको देखिएपछि त्यहाँ पुगेका आन्तरिक पर्यटक तथा स्थानीय बासिन्दाले माईपोखरीमा पानी बढेको जानकारीसहितको फोटो फेसबुकमा पनि शेयर गरिरहेका छन् । स्थानीय पूmर्दुकी शेर्पाका अनुसार पानी सुकेर चिन्तित बनाइरहेको अवस्थामा एक महिना अघिदेखी एक चौथाईबाट बढेर पानीको सतह ६ फिटसम्म पुगेको छ । अहिले दैनिक जसो पोखरीमा पानीको सतह बढ्दै गइरहेको उनको भनाई छ ।
माईपोखरी इलाका वन कार्यालयका कर्मचारी प्रयास भट्टराईले पानीको सतह बढिरहेकाले जनाउँदै अझ संरक्षण गर्न आवश्यक भएको बताए । इलामकै महत्पूर्ण धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको माईपोखरीको पानी घट्न थालेपछि यहाँ आउने भक्तजन, पर्यटक समेत घटेन थालेका थिए । चिताएको मनोकाङ्क्ष पुरा हुने भएपछि सुख्खा मौसममा दैनिक सयौँ पर्यटकहरुको आगमन हँुदै आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete