साधना केन्द्र बनाउन पाथिभरामा पुराण 
ताप्लेजुङमा अवस्थित पूर्वी नेपालको धार्मिकस्थल पाथिभरा मन्दिरमा साधन केन्द्र स्थापनाका लागि महापूराण आयोजना गरिने भएको छ । पाथिभरा विकास बोर्ड, पाथिभरा संरक्षण तथा संम्बद्र्धन समिति र पाँचथर–ताप्लुजुङ जिल्लाका समाजसेवीको सक्रियतामा महापुराणको आयोजना गरिने भएको हो । सिद्धिधाम पाथिभरा देवीको मन्दिरको संरक्षण गरौँ विश्व शान्ति र सम्पूर्ण प्राणिहरुको रक्षाका लागि लागौँ भन्ने मुल नाराका साथ पाथिभरा मन्दिरमा २०७१ अशोज नौ गतेदेखि १५ गतेसम्म श्रीमद्भागवत महापुराण आयोजनाको तयारी तिब्र पारिएको छ । महापुराण आयोजनाका लागि एक सय ५१ सदस्य पुराण आयोजक समिति निर्माण गरिएको छ । मदनकुमार पोखरेलको अध्यक्षतामा गठन भएको पुराण आयोजक समितिको उपाध्यक्षमा पूर्ण इजम, प्रेम लावती, इन्द्रनारायण भट्टराई, माहासचिवमा दूर्गाप्रसाद ओझा, सचिवमा चन्द्र भट्टराई, रामकृष्ण ढुंगेल कोषाध्यक्षमा कमल गुरागाई रहेका छन् । 
व्यासाचार्य पूर्णप्रसाद गुरागाई,छविराज रेग्मि, हेम खनाल, टिका खरेल, नेत्र पोखरलेल लगायत पण्डितले पुराणमा संगितमय कथा वाचन गर्नेछन् । सप्तचण्डि, पाठपारायण, बेदरुद्री वाचन, दैनिक हवनका साथै विभिन्न कार्यक्रम हुने पुराण सफलताका साथ सम्पन्न गर्न नौ जनाको दैनिक कार्यसम्पादक समिति समेत गठन गरिएको आयोजक समितिका महासचिव दूर्गाप्रसाद ओझाले बताए । पुराण उद्घाटनका अवसरमा पूर्व राजा,राष्ट्रिपति लगायत देशका बिशिष्ट व्यतिm तथा नेतालाई पनि आमन्त्रण गर्ने योजना रहेको आयोजक समितिले जनाएको छ । पुराणमा नेपाल लगायत विभिन्न देशका भक्तजन तथा पर्यटक गरि १० लाख बढी सहभागि हुने आयोजक समितिको अनुमान रहेको छ । पुराणबाट संकलन भएको रकमले ५ हजार जना योग साधक अट्ने खालको भवन निर्माण गर्ने योजना रहको आयोजक समितिका महासचिव दूर्गाप्रसाद ओझोले बताए । ‘पुराण आयोजना गर्दा करिब ५० लाख बढी खर्च हुने अनुमान गरेका छौँ । ओझाले भने–‘पुराणबाट संकलन भएको रकमबाट भवन निर्माण शुरु गरेर अन्य दाताबाट रकम संकलन गरि भवन निर्माणलाई तिब्रता दिने योजना छ ।’ चिसो हावापानी भएको स्थानमा निर्माण हुने भएकाले योग साधन केन्द्रको भवन भित्र न्यानो हुने गरि भवन निर्माणको डिजाइन भइरहेको उनले बताए । 
पाथिभराको परिचय  
पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फूङलीङ बजारबाट करिव १२ कोष पूर्व उत्तर पर्दछ । यो मन्दिर १२,४४६ फीटको उचाईमा पाथिभरा पहाडको टुप्पोमा अवस्थित छ ।
किम्वदन्दी एवं जनश्रुती अनुसार परापूर्व कालमा गोठालाहरु पाथिभरा क्षेत्रमा भेडी गोठ राख्ने गर्दथे । जुन एक दिन एकाएक भेडाहरु अलप भए । आफ्ना भेडाहरु हराएपछि निराश भएका गोठालालाई राती देवीले दर्शन दिई आफ्नो आकृति र उत्पत्तिको आत्मवोध गराउँदै भेडा बलि सहित पुजा गर्न भन्नुभयो । गोठालाहरुले देवीको उत्पत्ति स्थलमा पूजा आजा सहित भेडाको वली दिए पछि हराएका भेडाहरु देखा परे । त्यसैले भेडा वली दिएर गोठालाहरुले पत्तो लगाएको स्थान नै पाथिभरा देवी हुन् ।
पाथिभरा मन्दिर जानको लागि र्सवप्रथम फूङलिङ बजार पुग्नुर्पर्छ । फूङलीङ सम्म जानको लागि सडक तथा हवाई सुविधा छ । विराटनगर काठमाण्डाँै बाट सुकेटार सम्म हवाई सुविधा छ । सडक यातायात बाट जाँदा चारआली इलाम फिदिम हुदै २ दिनमा पुगिन्छ । अर्को बाटो धरान, धनकुटा, बसन्तपुर हुँदै २ दिनको पैदल यात्रामा फूङलिङ पुग्न सकिन्छ । फूङलिङ बाट सुकेटार देउराली छातेढुङ्गा, भालुखोप, फेदी हुदै १२ कोषको यात्रा पुरा गरेपछि लगभग ७ घण्टामा मन्दिर क्षेत्रमा पुग्न सकिन्छ ।
फागनु चैत्र, बैशाख तथा असोज कार्तिक मंसिर उपयुक्त समय पाथिभरा भ्रमणका लागि उपयुक्त हो ।  पाथिभरा मन्दिर १२४४६ फीटको उचाईमा रहेको र निकै जाडो हुने हुँदा न्यानो कपडा र गरम पेय तथा खाद्य पदार्थ र औषधीहरु साथमा लिएर जानु उपयुक्त हुन्छ । खाने बस्ने व्यवस्थाको लागि फूङलिङ र सुकेटारमा होटल्ऽ, लजको व्यवस्था छ भने देउराली र फेदीमा पनि अहिले होटलहरु खुल्ने क्रम बढ्दै गएको छ । पाथिभरा क्षेत्र विकास समितिको धर्मशालामा सुत्नको लागि व्यवस्था मिलाएको छ । यहाँ दर्शन गर्न जाने भक्तजनले डाँफे, कालीज, चिलिमे, प्यूरा, हरियो लामपुछ्रे, फोक्रास आदि पंक्षि लेकाली कालो भालु, हिम चितुवा, हाव्रे, रातो पाण्डा लगायतका वन्यजन्तुको अवलोकन पनि गर्न सकिनेछ । स्थानिय सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete