सर्प निस्किए पहिरो जाने पक्का
सुनकोशीको रिपोर्ट प्रधानमन्त्रीलाई बुझाइयो

काठमाण्डौ, ३ भदौ ः पहाडी बस्तीमा एकाएक सर्पहरु जमीनमाथि देखिन थाले भने त्यो ठाउँ पहिरोको जोखिममा छ भन्ने बुझेर तत्काल छाड्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
सिन्धुपाल्चोकको मांखा र राम्चे गाविसको भट्टडाँडाबाट झरेको पहिरोको अध्ययनपछि विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । प्रधानमन्त्री सुशील कोइरालालाई मांखाको भीषण पहिरो र त्यसले सुनकोशी थुनेर बनाएको तालको अध्ययनपछि इञ्जिनियरिङ एशोसियसनले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा त्यो ठाउँमा ५०÷६० वर्ष अघिदेखि नै पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ ।
यसअघि दुईवटा सर्वेक्षणले पनि पहिरोको खतरा औंल्याएको अवस्थामा पनि वस्तीलाई बेलैमा नहटाउनु क्षतिको मुख्य कारण बताएको छ । ‘त्यो ठाउँ मानव वस्तीका लागि उपयुक्त छैन भनेर पहिले नै भनिएको रहेछ’ इञ्जिनियरिङ एशोसियसनका अध्यक्ष धु्रव थापाले भने ।
पहिरो जाने दिन कागुनेमा कहिल्यै नदेखिने सर्पहरु बाहिर देखिएका थिए । नागपञ्चमी परेकाले स्थानीयले नाग आएको भने । एकजना स्थानीयले सर्प मारेपछि नागपञ्चमीमा सर्प मारेकाले अनिष्ट हुन्छ भन्ने हल्ला पनि गाउँमा चलेको स्थानीय गोमा पराजुलीले बताइन् ।
तर, विज्ञहरुले भने त्यो ठाउँमा बस्न खतरा छ भन्ने संकेत सर्पहरुले पहिले नै दिएको बताएका छन् । जमिन भासिन थालेपछि त्यसभित्र बस्ने जीवजन्तु ज्यान जोगाउन बाहिर निस्कने गरेको अध्ययनले देखाएको छ ।
अध्ययनमा सहभागी इञ्जिनियर एशोसियसनका सदस्य मन्दिप सुबेदीले भने ‘जमिन धाँजा फाट्न लागेपछि पहिरोको उच्च जोखिम हुन्छ, त्यसबेला जमिनमुनिका प्वालहरु पुरिन थालेपछि सर्प लगायतका जन्तु बाहिर निस्कन्छन्, मान्छेले भन्दा पहिले सर्पले पहिरोको सङ्केत थाहा पाउँछ ।
प्रधानमन्त्रीलाई इञ्जिनियर एशोसियसनले बुझाएको रिपोर्टमा अरनिको राजमार्गलाई पनि पहिलकै ठाउँबाट सञ्चालन गर्न सुझाव दिइएको छ । पहिरोले लगेको र तालले पुरेको सडकलाई पुनः सञ्चालनमा ल्याउन सकिने रिपोर्टमा उल्लेख छ ।
सुबेदीले कृष्णभीरको पहिरोबाट सडक खुलाएजस्तै गरी जुरेको पहिरोबाट सडक खुलाउन सकिने बताए । नदीलाई २०÷२५ मिटर पूर्व धकेलेपछि तालको पानी कम हुँदा सडक सतहमा आउने सुझाव विज्ञहरुको रिपोर्टमा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete