सुकिलम्बा विमानस्थललाई बजेट अभाव
आर्थिक वर्ष २०७१/०७२ को बजेटमा विमानस्थलका लागि बजेट व्यवस्था नगर्दा विमानस्थल अधुरै रहने भएको हो ।
विमानस्थल सञ्चालन गर्न टर्मिनल टावर भवन, कर्मचारीको आवास, धावन मार्ग कालोपत्रे, पक्की नाली निर्माण, पार्किङ तथा गोलाखर्क भञ्ज्याङदेखि विमानस्थलसम्म पुग्ने सडक र नाली निर्माण गर्नलाई बजेट अभाव भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रामहरि महर्जनले बताए ।
एक वर्षअघिदेखि निर्माण थालिएको ६० मिटर चौडा र ७६० मिटर लम्बाइ भएको कच्ची धावन मार्ग भदौ पहिलो साता निर्माण सम्पन्न भएको छ । धावन मार्गलाई अहिले त्यत्तिकै छाड्दा पानीले बिग्रदै जाने भएकाले तत्काल थप संरचना निर्माण गर्नुपर्ने आवश्यक रहेको उहाँले भनाइ छ ।
विमानस्थलमा थप संरचना निर्माण गर्न १३ करोड बजेट आवश्यक पर्ने भएकाले प्राधिकरणले सरकारसँग माग गरेको छ । करिब सात करोड खर्चेर धावन मार्गसहित ग्याबिन वाल र कल्भर्ट निर्माण भइसकेको एपेक्स निर्माण सेवाका प्रतिनिधि सन्तोष कटवालले जानकारी दिए ।
विमानस्थलका लागि आवश्यक ३ सय २६ रोपनी जग्गा जिविस, नगरपालिका, ४८ गाविस, सांसद विकास कोष, विभिन्न सङ्घसंस्था र व्यक्तिबाट चन्दा सङ्कलन गरी खरिद गरिएको हो । रासस
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।