जातले छेक्न सकेन उर्मीला र सुमनको प्रेम !
अन्तरजातीय विवाह गर्ने जोडीले न्याय पायो
८ भदौ, राटनगर । तस्वीरमा देखिएको यो जोडीले जिल्ला अदालत सुनसरीमा पति-पत्नीको नाता कायम गराई मन्दिरमा विवाह गर्यो । तर, दलितसँग बिहे गरेको भन्दै बाहुन जातको केटी पक्षले बल प्रयोग गरेर उनीहरुलाई छुटायो ।
करिब एक महिनापछि उनीहरु पुनः भेट भई कुलेलम ठोके । समाज र परिवारको डरले लुकीलुकी हिँडिरहेका उनीहरुलाई प्रहरीले फेला पार्यो र आइतबार पुनः विवाह गराएर केटाको घरमा भित्र्याइयो ।
अन्तरजातीय विवाह गरेकै कारण घरबाट विस्थापित भएको बिराटनगरको यो जोडीलाई केटाको घरमा भित्र्याएर पुर्नस्थापना गरिएको हो ।
एक साताअघि समाजको डरका कारण विस्थापित भएका सुमन मगराती र उर्मीला खतिवडाको यो जोडीलाई आइतबार अधिकारकर्मी, प्रहरी, पत्रकार र नागरिक समाजकोअगुवाइमा सामाजिक विवाह गराई केटाको घरमा पुनःस्थापित गराइएको हो ।
बिराटनगर-५ गोकुल टोलका सुमन र उर्मीलाले कानुनी विवाह गरे पनि केटी पक्षले बाधा हालेको थियो । गत जेठ ५ गते सुनसरी जिल्ला अदालतबाट नाता कायम गराई मन्दिरमा विवाह गरेका सुमन र उर्मिलालाई केटी पक्षले प्रहरीको सहयोगमा एकापसमा छुट्याएका थिए ।
भदौ १ गते सुमन र उर्मिला एकापसमा भेट भई भागेपछि केटी पक्षले सुमनका बाबु केशबहादुर मगरातीलाई कुटपिटसमेत गरेका थिए । उनीहरु ६ दिनदेखि लुकेर बस्दै आएकोमा खोजी गरी समाजमा स्थापित गराइएको हो ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।