सुनकोशीको ताल फुट्यो, नदीका आसपास रहेका बस्ती जोखिममा
पहिरोले सुनकोशी नदी थुनेर बनाए तालः फाइल फोटो ।
ताल पूर्ण रुपमा फुटेको भने होइन । नेपाली सेनाले पानीको निकासका लागि ड्याम खोलिरहेको ठाउँबाट निकास बढेको सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले जानकारी दिए ।
‘राति ताल फुटेको खबर आएपछि हामीले सबै ठाउँमा खबर गरेका छौं’ उनले भने-पानी बढेकाले ताल फुटेको रहेछ । यसले तालको पानी निकै घटेको छ ।’
ताल फुट्दा नेपाली सेनाका स्काभेटरलाई केही तलसम्म बगाएको छ । लामोसाँघुको पुलमा पनि क्षति भएको छ । यद्यपि तालको पानी फुटेर नदी बढ्दा तल्लो क्षेत्रमा के कति क्षति भयो जानकारी आउन बाँकी छ ।
गत साउन १७ गते गएको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनिएको थियो । पहिरोमा परी मृत्यु भएका ३३ जनाको शव भेटिए पनि झण्डै १ सय ३० जनालाई वेपत्ता अवस्थामा नै मृत घोषणा गरिएको छ ।
0 comments:
Post a Comment