चिप्लिएर महिलाको मृत्यु
इलाम, २० भदौ – घर लिप्ने क्रममा चिप्लिएर इलाममा एक
महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा साङ्रुम्बामा–८ की ५७ वर्षीया
इन्द्रकुमारी राय रहेकी छन् । घर लिप्ने क्रममा बुधबार बिहान मुर्छा परेको
अवस्थामा भेटे पछि आफन्तले उनलाई नजिकैको स्वास्थ्य संस्था लगेका थिए ।
त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै
गर्दा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment