साखेजुङमा ट्याक्सी दुर्घटना, छ यात्रु घाइते

साखेजुङ २० भदौ – मेची राजमार्ग अन्तरगत इलामको साखेजुङमा ट्रकलाई साइड दिने क्रमकमा ट्याक्सी दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङबाट झापा तर्फ जाँदै गरेको मे१ज १२२९ नम्वरको ट्याक्सीले बिपरित दिशा तर्फ जाँदै गरेको ना ५ प ४९८७ नम्वरको ट्रकलाई साइट दिने क्रममा अपरान्न ४ वजेतीर साखेजुङ सात नर्सरी गोलाईमा सडक भन्दा ५० फिट तल झरेको थियो । गुडीरहेको ट्याक्सी तल झर्दा बाझो का ८ हेमकुमार लिम्वु, बाँझो ८ कै जेवि याक्थुम्वा, मुक्तिहाङ सुव्वा, झुमा लिम्वु, बाँझो ९ का बिक्रम फागो र ताप्लेजुङका  प्रविन लिम्वु रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको छाती तथा टाउकोमा चोट लागेको छ । यो समाचार तयार पार्दासम्म घाइतेहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment