जीवन बचाउन मनिषाको आग्रह
दुवै मृगौला काम नलाग्ने भएर जीवन मरणको दोसाँधमा पुगेकी झापा शिवगञ्जकी मनिषले सबैसँग अनुरोध गरेकी छिन् । शिवगञ्ज बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छात्रा मनिसा लम्सालले आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि सबैसँग आग्रह गरेकी हुन् । मृगौला फेर्न लाखौँ रुपैयाँ लाग्ने र आफूहरुसँग सो रकम नभएको मनिषाको परिवारले जनाएको छ । पढाइमा लगनशिल तथा मिलनसार स्वभावकी मनिषा अचानक मृगौला सम्बन्धी रोगले थलिएपछि उनका साथीहरु यतिबेला उपचार खर्च जुटाउन प्रयासरत छन् । मनिषाको उपचारको लागि जन आदर्श भूपू विद्यार्थी सम्पर्क मञ्चले पनि पहल शुरु गरेको छ ।
मञ्चका संस्थापक सचिव रामप्रसाद ढुङ्गेलले युएईबाट दिएको जानकारी अनुसार त्यहाँ रहेका प्रत्येक भूपू विद्यार्थीबाट एक सय डीएचएस (नेपाली २६ सय ५० रुपैयाँ) संकलन गरेर पठाउने प्रयास भइरहेको छ । मनिषाको जीवन रक्षाका लागि विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय समाजसेवीहरुले समेत सहयोग गर्न थालेका छन् । जन आदर्श भूपू विद्यार्थी सम्पर्क मञ्चले पनि उनको जीवन रक्षाका लागि रकम संकलन तीव्र पारेको छ । सहयोग गर्न ईच्छुकले मञ्चका पूर्व सचिव चिरञ्जिवी तिम्सिनाको मोबाइल नम्वर ९८४२६३३२२६ मा सम्पर्क गर्ननुहोला।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment