कृषिका हाकिमले किसानलाई गनेनन्
इलाम, २८ भदौ (सस) :
जिल्लामै पहिलो नमुना आईपीएम गाउँ घोषणा कार्यक्रममा शनिबार जिल्ला कृषि
विकास कार्यालयका प्रमुख तथा वरिष्ट कृषि विकास अधिकृत प्रकाश डाँगी
उपस्थित भएनन् । साँखेजुङ्ग १, २ र ३ वडालाई नमुना आईपीएम गाउँ घोषणा गर्ने
कार्यक्रममा निमन्त्रणा पत्र नपाएको जनाएर डाँगी नगएको स्रोतले बताएको छ ।
कृषि विकास कार्यालयअन्तर्गतकै कार्यक्रम भएकाले उनकै नियन्त्रणमा
कार्यक्रमको आयोजना हुने भएपनि निमन्त्रणा नपाएको निहुँ बनाएर त्यहाँ
उपस्थित नभएका डाँगी सानातिना काममा समेत यस्तै बहाना बनाएर किसानलाई
संवोधन गर्न हिच्किचाउने गरेका छन् । यसअघि उनले प्याक्ट कार्यक्रमको
परियोजना प्रस्ताव पेश गर्न कृषि विकास कार्यालयमा पुगेका किसानलाई समेत
हप्काएको किसानहरुले गुनासो गरेका छन् । कर्मचारी प्रशासनमा माथिदेखि आफ्नो
पहुँच भएको बताउने उनले कालोपत्रेबाहेकको बाटोमा नजाने बताउने गरेको
कर्मचारीहरुले बताउने गरेका छन्
0 comments:
Post a Comment