सुक्यो सीमा क्षेत्रको बजार पशुपतिनगर
ताप्लेजुङ तेल्लोक गाविसबाट पशुपतिनगर आएर व्यापार गर्दै आएका कुमार गुरुङले पनि व्यपार घट्दै गएको बताए । भारत छिर्ने ढाट छउमै व्यपार गर्दै आएका गुरुङले होलसेल र खुद्रा सामग्रीको २०५० सालदेखि व्यपार गर्दै आएका छन् । तयारी कपडा र सुख्खा खाने सामग्रीको व्यपार गर्दै आएका गुरुङले पशुपतिगरमा व्यपारको भविश्य नभएको बताए । ‘भारतमा चाइनिज सामग्री सोझै निर्यात भएपछि यहाँको व्यापारमा कमी आएकै छ । उनी भन्छन्–‘आएका पर्यटक र व्यपारीले थोरै सामग्री खरिद गरेर लाँदा पनि दुई तीरकै प्रहरीले अवरोध गर्दै आएका छन् ।’ पशुपतिनगर आएका पर्यटकले सानो एउटा सामग्री लाँदा भारत तर्फबाट सीमा सुरक्षा बल र नेपालबाट प्रहरीबाट चेकजाँचले गर्दा अहिले पर्यटक घुम्ने र जाने गरेको गुरुङको भनाइ छ । ‘पहिलेको भन्दा अहिले पर्यटकको आवतजावत बढ्दै गएको छ । उनी भन्छन्–‘यहाँको बजारमा कस्मेटिकका सामग्री खरिद बिक्रि भएपनि भारत लान पर्यटकलाई ग्राहो हुने गरेको छ ।’ सानो खुद्रा व्यपार गर्ने मात्रै हैन ठुलो कारोबार गर्दै आएका व्यपारी पनि घट्दो व्यपारका कारण हल्लिएका छन् । ३५ वर्षदेखि व्यपार गर्दै आएका माहाविर इम्पोरियमका प्रोपाइटर नरेस अग्रवाल भन्छन्–‘बिहानदेखि बेलुकीसम्म बस्दापनि एक सय रुपैयाँको व्यापार हुदैन । सबै सामग्रीको व्यापार गर्दै आएका अग्रवालका अनुसार चाइनिज सामग्री चिनबाट सोझै आउने भएकाले पशुपतिनगर सुक्दै गएको छ । उनी भन्छन्–‘
भारतका बजारमा सोझै सामग्री निर्यात हुदै गएपछि नेपालबाट सामग्री खरिद गएका व्यपारी र ग्राहाकलाई भारतीय सीमा सुरक्षा बलले धेरै चेकजाँच गर्दै आएका छन् ।’ एसएसबीको चेकजाँचका कारण दार्जीलिङ, सुकिया, मिरिक क्षेत्रका व्यपारी पनि पशुपतिनगर आउन छोडेर सिलिगुडि जान थालेका छन् ।
भmापाबाट पहाड हानिएर पशुपतिनगर आइपुगेर व्यवसाय गर्दै आएका कुमार रिजालको दैनिकि पसल खोल्ने र बस्ने मात्रै हुन्छ । आठ वर्ष अघि ग्राहाकको भिडले बोल्न नभ्याउने उनीको पसलमा दिनभर बस्दा एक सय रुपैयाँको बिक्रि हुन मुस्किल भएको छ । ‘पहिलोको जस्तो व्यापार फर्किन्छ की भनेर बस्दै आएको छु । रिजाल स्टोरका कुमार रिजाल भन्छन्–‘ व्यापार राम्रो नहुने भयो भने झापा तिरै व्यपार गर्ने सोच रहेको छ ।’ उनी भन्छन्–‘वर्षैपिच्छे व्यपार घट्दो अवस्था भएकाले व्यापार सार्ने की राख्ने दोधारमा छु ।’ भारतमा चिनियाँ सामग्री सस्तो मुल्यमा पाइने गरेकाले भारतका व्यापारी र ग्राहाक नआउने गरेको कुमार रिजालले बताए । उनी भन्छन्–‘मिरिक, दार्जिलिङ, सिक्किम, कालिङ्पुङ, गान्टोक क्षेत्रबाट व्यपारी र ग्राहाक पहिले प्रशस्त आउँथे अहिले फाट्टफुट्ट आउने गरेका छन् ।’
३५ वर्षदेखि नै व्यपार गर्दै आएका लिलु अग्रवाललाई व्यापार घट्दै गएपछि अहिले घर भाडा तिर्न समस्या हुन थालेका छ । वर्षमा ५० हजारसम्म भाडा तिर्दै आएका अग्रवाल मुनियारी सामग्री बिक्रि गर्दै आएका छन् । अग्रवाल भन्छन्–‘भारतमा चाइनिज सामग्री राम्रो पाइने गरेकाले पशुपतिनगर आउने व्यापारी र भारतकै सिलिगुडि जाने गरेका छन् ।’ पहिलेको भन्दा अहिले पर्यटक बढी आउने गरेपनि उनीहरुमध्ये ९० प्रतिशत बजार घुमेर फर्किन गरेको उनको भनाइ छ । १० प्रतिशत पयर्यटकले ज्याकेट, जुत्ता र कस्मेटिक सामग्री भारतभन्दा सस्तो पर्ने भएकाले खरिद गर्दै आएका छन् । उनी भन्छन्–‘५ वर्षअघि होससेल व्यापरीहरु प्रशस्तै आउने गरेपनि अहिले फाट्टफुट्ट मात्रै आउने गरेका छन् ।’ व्यापार घट्दै गएपछि पशुपतिनगरमा व्यापारी बढ्नुको साटो घट्दै गएका छन् ।
३० वर्षदेखि व्यापार गर्दै आएका युनिभर्सल स्टोरका प्रोपाइटर मिलनकुमार श्रेष्ठका अनुसार भारतीय र व्यापारीमा भर पर्ने पशुपतिनगर बजारका एक सय २० व्यपारी अयन्त्र गएका छन् । भारतको भन्दा नेपालको भन्सार दर दोब्बर भएकाले फोरेन गुड्सको क्रेज घट्दै गएको श्रेष्ठको भनाइ छ । ‘घरघाडा तिर्न नसकेर एक सय २० जना व्यपारी बिस्थापित भएको अवस्था छ । श्रेष्ठ भन्छन्–‘अहिलेसम्म ८० व्यपारी भएपनि दशैपछाडी २० जना जति व्यपारी पशुपतिनगर छोड्ने मनस्थितिमा आएका छन् ।’ उनी भन्छन्–‘मेरो घरमा बस्दै आएका व्यपारी पनि दशैपछि भारतको सिलिगुडि गएर व्यपार गर्ने बताउँदैछन् ।’ व्यापर घट्दै आएपछि कतिपय घरधनीहरुले घरभाडा कम गर्दै आएका छन् । तर व्यपार हुदै नभएपछि व्यपारी बस्ने अवस्था हुदैन श्रेष्ठ भन्छन् । स्थानिय सन्देशबाट
0 comments:
Post a Comment