ताल घटाउन सेनाले माग्यो साढे तीन करोड


BhotekoshiFlood-3
१८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा सुनकोसीको अस्थायी ताल घटाउन र वैकल्पिक बाटो बनाउन नेपाली सेनाले साढे तीन करोड रुपैयाँ रकम मागेको छ । तालको पानीमा मंगलबारसम्म तीन मिटर बढेको छ ।
सेनाले उपकरण, जनशक्ति, विस्फोटक पदार्थ, स्काभेटरको खर्चलगायतका शीर्षकका रकम मागेको केन्द्रीय दैवी प्रकोप उद्धार समिति स्रोतले जनाएको नयाँ पत्रिकामा खबर छ । ‘सेनाले दाबी गरेअनुसार काम पूरा भएको छैन, स्थानीयस्तरमा सेनाले अन्य निकाय र निजी क्षेत्रसँग समन्वय गरेको छैन्,’ स्रोतले भन्यो, ‘सोमबार समितिको बैठकमा सेनाले मागेको रकम के गर्ने भन्नेबारेमा छलफल भएको थियो, निर्णय हुन बाँकी छ ।’ सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने बजेटबारे आफूलाई जानकारी नभएको बताए ।
अस्थायी तालमा पानीको सतह घटाउन सरकारले आवश्यक सामग्री लैजाने गरेको छैन् । भौतिक योजना मन्त्रालयले तदारुकतासमेत देखाएको छैन । ताल रहेको क्षेत्रसम्म स्काभेटर पुग्ने गरी बाटो खुलेको एक साता भएको छ । तर, सेनाले न्यून क्षमताका तीनवटा स्काभेटर मात्र चलाइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment