भित्रिएन अलैंची सुकाउनेको नयाँ तरिका
गोविन्द पौडेल
खोल्साको सुन भनेर चिनिने अलैंची किसान र राज्यको आयश्रोत भएपनि यसको प्रशोधनमा किसानले निक्कै जोखिम मोल्नु परेको छ । कृषि प्रधान मुलुक नेपालमा अलैंची सुकाउने नयाँ प्रविधिको विकास नभएको कारणले परम्परागत भट्टीको प्रयोग गरी सुकाएर तयार पारिने चलन विध्यमान रहेको छ । परम्परागत तरिकाबाट अलैंची सुकाउदा यसको रंगमा आगोको कारण कालो हुने, फुट्ने अलैंचीको वास्तविक गुणमा नै परिवर्तन हुने देखि बाहेक कहिलेकाही आगालागीको घटनाहरु समेत हुने जोखिम रहेको किसानहरुको अनुभव रहेको छ ।
विश्व बजारमा माग रहेको र नेपाल लगायत भारत र भूटानमा मात्र उत्पादन हुने भएको कारण यसको मुल्य समेत उच्च रहेपनि उत्पादन बढाउने प्रयासको लागि कृषकहरु लागेको तर गुणस्तर सुधारको लागि हालसम्म कुनै निकायबाट पहल भएको पाइदैन । प्रायजसो खाडी मुलुकमा चपाएरै खान रुचाइने औषधीय गुण र मसलाको रुपमा प्रयोगमा आउने अलैंचीको प्राकृतिक गुण विश्व बजारसम्म पु¥याउन सके यसको मुल्य बृद्धि हुने र समग्र राज्यको आम्दानीमा सुधार आउने जानकारहरुको धारणा रहेको छ । विगतमा अत्याधिक मात्रामा अलैंची उत्पादन हुने इलाममा केही वर्ष यता अलैंची मासिएर झण्डै शुन्यको हाराहारीमा उत्पादन रहेपनि हाल यसको उत्पादन फेरी शुरु भएको कारण किसानहरुले प्रशोधनको नयाँ प्रकृयाको बारेमा चासो लिन थालेका छन् । यस बारेमा जिल्ला कृषि विकास कार्यालय इलाममा सम्र्पक गर्दा अलैंची प्रशोधनको परम्परागत तरिकानै रहेको भएपनि साना किसानको लागि रेकर्ड डायरको विकास भै सकेको तर इलाममा प्रयोगमा नआएको कारण यसको बारेमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पाख्रिबासबाट मात्र थाहा हुने जवाफ आएको छ । सो पश्चात अलैंची सुकाउने नयाँ काइदाको बारेमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पाख्रिबासमा सम्पर्क गर्दा अलैंची सुकाउनको लागि तयार पारिएको रेकर्ड डायर विगत पाँच–छ वर्ष अघि भित्रिएको र यसमा एक पटकमा दुइसय पचास केजी सम्म मात्र सुकाउन मिल्ने र ३० देखी ४० हजारसम्म निमार्णको लागत लाग्ने बताईएको छ ।
साथै किसानको माग भएमा जिल्ला कृषि विकास कार्यालय मार्फत अनुदान सहयोगमा निमार्ण गरिने क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाका प्रविधिक कृष्ण पौडेलले बताए । पौडेलका अनुसार उक्त डायर ठूलो समुहको लागि प्रभावकारी नभएपनि दुइचार जनाको समुह वा व्यक्तिगत प्रयोजनको लागिभने निक्कै प्रभावकारी रहेको छ । आगोकै प्रयोगबाट नै अलैंची सुकाइने र हालसम्म विद्युतको प्रयोगबाट सुकाउने तरिका भने नेपालमा नरहेको समेत उनले जानकारी गराए ।
यता किसानहरुले जोखिमले अलैंची सुकाउनु पर्ने र अलैंची सुकाउन प्रशस्त दाउराको प्रयोग गर्नुपर्दा वन संरक्षण र वातावरण मैत्री हुन नसकेको जिर्मले १ का अलैंची उत्पादक किसान याम अधिकारीको भनाइ रहेको छ ।

0 comments:
Post a Comment