मानव बेचविखनबिरुद्धको दिवस मनाइने
नवौँ राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवसको अवसर पारेर आउँदो भदौ २० गते इलाममा विविध कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीको अध्यक्षतामा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको मङ्गलबार बसेको बैठकले दिवसका कार्यक्रम तय गरेको हो । दिवसको अवसरमा ओसार पसार हुनसक्ने सीमा नाकासमेत रहेको गाविस जिर्मलेमा एउटा अन्तरक्रिया गरिनेछ । त्यो बाहेक इलाममा रहेका तीनवटा एफएम रेडियोबाट मानव बेचबिखन बिरुद्धका सन्देशमूलक र चेतनामूलक कार्यक्रम एवम् सूचना प्रशारण गर्ने पनि समितिले निर्णय गरेको छ । उक्त कार्यक्रमको संयोजन महिला तथा बालबालिका कार्यालयले गर्नेछ । समितिको सदस्य सचिव समेत रहेकी कार्यालय प्रमुख स्किम श्रेष्ठले गएका वर्षहरुमा पनि दिवसमा विविध कार्यक्रम सञ्चालन हुँदै आएको र यसपटक अझ प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन् । उक्त दिवस मनाउनका लागि सरकारले महिला तथा बालबालिका कार्यालयमार्पmत जम्मा १० हजार रुपैयाँ मात्र बिनियोजन गरेको जानकारी दिँदै कार्यालय प्रमुख श्रेष्ठले भनिन्, ‘यसका लागि अन्य कार्यालयहरुले पनि सहभागिता जनाउनुहुने भएको छ । एफएममा सञ्चालन गरिने कार्यक्रमसमेत जिल्ला प्रहरी कार्यालयले पनि सहयोग गर्ने भएको छ ।’

0 comments:
Post a Comment