माइपोखरीमा पानीको सतह पुरानै अवस्थामा
धार्मिक साँस्कृतिक र पर्यटकीय महत्व बोकेको माइपोखरीमा पानीको सतह बढेर पुरानै अवस्थामा पुगेको छ । विगत चार–पाँच वर्षदेखि पानीको सतह घटेपछि माइपोखरी सुक्ने हो की भन्ने चिन्ता सर्वत्र छाएको थियो । लगातारको वर्षा र माइपोखरीको उत्तरपटि रहेको पानीको मुल फुटेपछि पानीको सतह बढेको हो ।
पोखरीमा पानीको सतह बढेको छ । हामी गएर सिढिबाटै पोखरीमा पानी खेलायौं । सुलुबुङका दिपक निरौलाले भने । विगत वर्षहरुमा पानीको मुल नफुटेको र पर्याप्त वर्षात नभएकाले त्यहाँ पानी अभाव
भएको तर यो वर्ष पर्याप्त वर्षात भएको र हाल सम्म पनि वर्षा भईरहेको स्थानीय बासिन्दाले बताएका छन् । माइपोखरीमा पानीको सतहमा बृद्धि गर्न जिल्ला विकास समिति इलाम, मेची पर्यटन विकास समिति र इष्ट फाउण्डेसनको पहलमा पाँच किलोमिटर टाढाबाट पाइपमा पानी ल्याएर पोखरी आसपासमा खसाइएको थियो । जिल्ला तहमा माइपोखरीमा पानीको सतह घट्तै गएपछि यसको कारण समेत खोजी भएको थियो । पानी सुक्ने कारण पत्ता लगाउन भौगर्भिक अध्ययन समेत गरिएको थियो ।
त्रिभुवन विश्व विद्यालय भुगर्भ शास्त्र केन्द्रिय विभागका चार जना विशेषज्ञहरुले त्यहाँको भौगोलिक अवस्थाको बारेमा अध्ययन गरेका हुन् । अध्ययनले त्यहाँको भौगोलिक अवस्थामा परिवर्तन नभएको र भुकम्पका कारण यताउता नभएको देखाएको थियो । माइपोखरी संरक्षणका लागि विभिन्न निकायबाट वर्षेनी बजेट विनियोजन भएपनि त्यहाँको एकिकृत गुरुयोजना अनुरुप संरक्षणको काम हुन सकेको छैन ।

0 comments:
Post a Comment