महिलाहरुले मनाए हरितालिका तीज
आश्था पौडेल
विशेष गरेर महिलाहरुको पर्वको रुपमा लिइएको हरितालिका तीजको अवसरमा बुधबार इलाम सहित देशै भर विविध कार्यक्रम सम्पन्न भएका छन् ।
महिलाहरुले परम्परागत रुपमा हरितालिका तीज पर्व मनाउँदै आएका छन् । सोहि अवसरमा इलामेली महिलाहरुले समेत व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तीजका गीतमा नाचगान गरेर पर्व मनाएका छन् । इलाम सदरमुकाम स्थित नारायणस्थान मन्दिरमा बिहानै देखी दर्शनार्थी महिलाहरुको घुइँचो लागेको थियो ।
सामाजिक रुपान्तरणका लागि इलामेली महिला नामक संस्थाले इलाम चोक बजारमा नाचगान सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा हाजिरी जवाफ प्रतियोगिता, नृत्य तथा गायन तथा व्रतालु महिलाहरुका प्रतिभा प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ । सो अवसरमा गाउँगाउँबाट भेला भएका महिलाहरुले शुभकामना आदानप्रदान सहित दुखसुख साटासाट गरेका थिए । त्यस्तै इलामका बिभिन्न स्थानमा तीज विशेष कार्यक्रम सम्पन्न भएका थिए ।
तीजकै अवसरमा जिल्लाका विभिन्न स्थानमा तीज विशेष कार्यक्रम सम्पन्न भएका छन् । इलामको बरबोटे ७ मा रहेको राम जानकी मन्दिरमा बुधबार विहानैदेखि पुजाको आयोजना गरियो । त्यहाँ ६२ जना महिलाले पुजा लगाएको मन्दिर व्यवस्थापन समितिका लीला लम्सालले जानकारी दिए । बरबोटे गाविसमा आयोजित प्रतियोगितात्मक कार्यक्रममा उक्त मन्दिरको टोली पहिलो भएको थियो । इलामकै गोदक गाविसको वडा ४ र पाँचको तेर्से गाउँमा भजन मण्डलीले तीज कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा २७ जना महिलाहरुलाई सम्मान गरिएको स्थानीय खीना संजेलले जानकारी दिइन् । कार्यक्रममा कृष्णमाया आले, हरिमाया लुगेली, याम कुमारी लुङ्गेली, सुकमाया सिजाली, दमन्ता धिमाल, धनमाया भट्टराई, कृष्णमाया प्रधान, नरमाया प्रधान, नीरमाया याखा, बुद्धिमाया गुरुङ, पदममाया शंकर, गंगा कुमारी श्रेष्ठ, सुभद्रा पौडेल, माला दाहाल, हरिमाया सापकोटा, खिनमाया सापकोटा, धनमाया लिम्बु, कृष्णमाया अधिकारी, पवित्रा भट्टराई, हमिाया बस्नेत, प्रेम कुमारी प्रधान, खिनादेवी श्रेष्ठ, विष्णुमाया नेपाल, सरस्वति प्रधान, मधुमाया लुङ्गेली, लीलादेवी भट्टराइलाई सम्मान गरिएको हो । गोमादेवी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिहरु गाविस सचिव घनश्याम महत र मेनुका प्रधानले महिलाहरुको सम्मान गरेको स्थानीय नन्द भट्टराइ र प्रदिप श्रेष्ठले जानकारी दिए ।

0 comments:
Post a Comment