पूर्वका ९ जिल्लाको बन्द फिर्ता

आश्विन ६, २०७२- संयूक्त लिम्बूवान संघर्ष समितिले चार दिनदेखि झापामा गरेको आमहड्ताल फिर्ता लिएको छ । आन्दोलनकारी दल र प्रमुख तीन प्रमुख राजनीतिक दलबीच चार बुँदे सहमति भएपछि आम हड्ताल फिर्ता भएको हो ।  
समितिको एउटा घटक संघिय समाजवादी फोरमका झापा अध्यक्ष धिरेन लावतीका अनुसार पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई अविलम्ब रिहाइका लागि पहल गर्ने, आइन्दा बन्द हड्तालका कार्यक्रमम कसैले पनि नगर्ने, तोडफोड भएको संघिय लिम्बूवान पाटीको केन्द्रिय कार्यलयको तीन दलले नैतिक जिम्मेवारी लिने र क्षतिपूर्तीका लागी राज्यसँग पहल गर्ने सहमति भएपछि आम हड्ताल फिर्ता भएको हो ।
सहमति भएपछि समितिले गरेको अरुण पूर्वका नौ वटै जिल्लामा भएको आम हड्ताल फिर्ता भएको छ । बुधबार दिउँसो सहमति भएपछि राजमार्गमा सावरी साधन सञ्चालन हुन थालेका छन् भने पसलहरु पनि खुल्न थालेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment