ताप्लेजुङमा एम्बुलेन्स तोडफोड

५ असोज, ताप्लेजुङबाट पाँचथरमा बिरामी पुर्‍याएर र्फकदै गरेको एम्बुलेन्स तोडफोड भएको छ । सोमबार राति ताप्लेजुङ र्फकँदै गरेको एम्बुलेन्स तोडफोड भएको हो ।
ताप्लेजुङमा अर्को एम्बुलेन्स नभए पछि बिरामी पुर्‍याएर रातिनै फुरुम्बुका अर्का बिरामी लिन फकैदै गरेको नेपाल ग्रामिण मञ्च ताप्लेजुङको मे १ ज १९२८ नंबरको एम्बुलेन्स राति ताप्लेजुङ नगरपालिका ८ स्थित मेचि राजमार्ग अन्तर्गत ल्याङ्वामा तोडफोड भएको हो ।
संघीय लिम्बुवान पार्टी नेपालले आवाहान गरेको बन्दकै समयमा गएराति एम्बुलेन्स तोडफोड भए पनि सो पाटिले आफुहरुको तोडफोडमा कुनै संलग्नता नरहेको बताएको छ । संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला उपाध्यक्ष ईन्द्र श्रेष्ठले बन्दको समयमा एम्बुलेन्स, प्रेस, शव वाहन, कुटनीतिक नियोगका सवारीसाधनलाई निर्बाधरुपमा सञ्चालन हुन दिएकाले तोडफोडमा आˆनो पार्टीको सहभागिता नरहेको बताए ।
यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले तोडफोडमा संलग्नको पहिचान भएकाले पक्राउ गरी कारवाहि गरिने बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment