दुग्ध परिकारको मूल्य बढ्यो
इलाम दुग्ध उत्पादक सहकारी संस्थाले दूधबाट बनाइएका विभिन्न परिकारको मूल्यमा १० प्रतिशतले वृद्धि गरेको छ । संस्थाबाट उत्पादन गरिने बम्बैसन, कुराउनी, पेडा, घिउ, ललिपप र मिल्क केकको मूल्यमा आइतबार (हिजो)देखि वृद्धि गरिएको संस्थाका व्यवस्थापक अर्जुन शिवाकोटीले जानकारी दिए ।
बढ्दो महँगीला
ई ध्यानमा राखेर मूल्य वृद्धि गरिएको जनाइएको छ । किसानबाट दूध सङ्कलन गरेर बिक्री वितरण गर्दै आएको उक्त संस्थाले किसानबाट प्रतिलिटर ४५ रुपैयाँका दरले खरिद गरेर प्रतिलिटर ५० रुपैयाँमा बिक्री गर्न थालेको छ । साङ्रूम्बा, शान्तिडाँडा र इलाम नगरक्षेत्रका २२७ किसानले संस्थामा दूध बिक्री गरिरहेका छन् । हाल संस्थामा दैनिक छ सय लिटर दूध सङ्कलन हुँदै आए पनि सुख्खा मौसममा भने मागअनुसार धान्न नसकिने अवस्था आउने गरेको शिवाकोटी बताउँछन् । चालु आवदेखि नै पशुपालन गर्न चाहनेलाई १५ प्रतिशत ब्याजदरमा धितो राखेर दुई लाख रुपैयाँसम्म ऋण दिइने संस्थाले जनाएको छ ।
इलाम दुग्ध उत्पादक सहकारी संस्थाले दूधबाट बनाइएका विभिन्न परिकारको मूल्यमा १० प्रतिशतले वृद्धि गरेको छ । संस्थाबाट उत्पादन गरिने बम्बैसन, कुराउनी, पेडा, घिउ, ललिपप र मिल्क केकको मूल्यमा आइतबार (हिजो)देखि वृद्धि गरिएको संस्थाका व्यवस्थापक अर्जुन शिवाकोटीले जानकारी दिए ।बढ्दो महँगीला
ई ध्यानमा राखेर मूल्य वृद्धि गरिएको जनाइएको छ । किसानबाट दूध सङ्कलन गरेर बिक्री वितरण गर्दै आएको उक्त संस्थाले किसानबाट प्रतिलिटर ४५ रुपैयाँका दरले खरिद गरेर प्रतिलिटर ५० रुपैयाँमा बिक्री गर्न थालेको छ । साङ्रूम्बा, शान्तिडाँडा र इलाम नगरक्षेत्रका २२७ किसानले संस्थामा दूध बिक्री गरिरहेका छन् । हाल संस्थामा दैनिक छ सय लिटर दूध सङ्कलन हुँदै आए पनि सुख्खा मौसममा भने मागअनुसार धान्न नसकिने अवस्था आउने गरेको शिवाकोटी बताउँछन् । चालु आवदेखि नै पशुपालन गर्न चाहनेलाई १५ प्रतिशत ब्याजदरमा धितो राखेर दुई लाख रुपैयाँसम्म ऋण दिइने संस्थाले जनाएको छ ।
0 comments:
Post a Comment