उत्कृष्ट विद्यार्थी पुरस्कृत
इलामका शिक्षासेवी स्वर्गीय पुर्णप्रसाद श्रेष्ठको जन्मजयन्तीको अवसरमा पूर्ण स्मृति कोषले जिल्लाका उत्कृष्ट विद्यार्थीहरुलाई आइतबार पुरस्कृत गरेको छ । २०७१ सालको प्रवेशिका परीक्षामा इलाम जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका माउण्ट मेची सेकेण्डरी स्कुलका सन्देश लिम्बुलाई नगद पाँच हजार पुरस्कार र
प्रमाण पत्र प्रदान गरेको हो । सन्देशकी आमा निरकुमारी लिम्बुलाई आयोजकको तर्फबाट कुसुम श्रेष्ठले पुरस्कार प्रदान गरिन् । त्यसैगरि ज्योति विद्या मन्दिरको तर्फबाट २०७१ सालको प्रवेशिका परीक्षामा ८२.६३ प्रतिशत् अंक हासिल गर्ने महेसप्राद राईलाई आयोजक संस्थाकी अध्यक्ष पुष्पा श्रेष्ठले नगद पाँच हजारसहित प्रशंसा पत्र प्रदान गरिन् । ज्योति विद्या मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै महेशका अभिभावक चेतबहादुर राईले असल विद्यार्थीहरुले सफलताको शिखर चुम्न अनुशासित, आज्ञापालक र मिहिनेती हुनुपर्ने बताए । कोषका सदस्य सचिव रविन्द्रप्रसाद श्रेष्ठले पुर्ण श्रेष्ठको सम्झना गर्दै एक आदर्श शिक्षक तथा समाजसेवीको रुपमा चित्रण गरे । प्रत्येक बर्ष झैँ सामाजिक उत्तरदायित्व निभाउने कार्य अन्तरगत कोषले यसबर्ष श्री पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिलाई नगद १० हजार रकम उपलब्ध गराएको छ । कार्यक्रम कोषकी अध्यक्ष पुष्पा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment