बिदेशमा जतिसुकै ऐस आरामको जिन्दगी बिताए पनि मातृभूमि नै सबैलाई प्यारो लाग्छ । बिदेशको सुविधासम्पन्न वातावरणमा रमाइरहे पनि जो कोहीलाई आफ्नो जन्मथलोको सम्झना आइरहन्छ ।
इलामको मङ्गलबारेमा जन्मिएकी अरुणा सुबेदीलाई पनि यस्तै भएको छ । उनी बेलायत (युके)मा सात बर्षको बसाई अनुभवलाई सङ्गाल्दै कलाकारितामा लाग्न स्वदेश फर्केर मोडलिङमा छिरेकि छिन् ।
५ फिट ४ इञ्च उचाई र आकर्षक शारीरिक बनावटकी उनी विद्यालय हुँदै कलेजस्तरमा हुने कार्यक्रमका उद्घोषणमा अब्बल थिइन् । भिजे, मोडलिङ, ट्राभलिङ र नृत्यमा रुची राख्ने उनले स्नातक तहसम्मको अध्ययन पुरा गरेकी छिन् । स्कटल्याण्ड, फ्रान्स र युकेसहित आधा दर्जन युरोपियन मूलकहरुको भ्रमण गरिसकेकी अरुणाले पछिल्लो समय कर्मथलो युकेलाई नै बनाइन् ।
‘बिदेशमा जति लामो समय बसे पनि मलाई नेपालको कला र संस्कृतिको निकै माया लाग्थ्यो, नेपाल फर्किएर कलाकारितामा केह ी गर्न मन लाग्थ्यो,’ उनले भनिन्, ‘यूकेको लामो समयको बसाई पछि नेपालप्रतिको माया र कलाकारिताप्रतिको झुकाबले नेपाल फर्किएँ ।’ उनको योजना अब मोडलिङ र फिल्ममा काम गर्ने रहेको छ ।
आफुभित्रको प्रतिभालाई प्रस्फुटन गर्नका लागि नै कलाकारिता रोजेको बताउने उनी कलाकारितालाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिन्छिन् । म्युजिक भिडियो र फिल्ममा अफर आएको बताउँदै उनले जीवनको परिभाषालाई भने सङ्घर्ष, सम्भावना र चुनौतिको सम्मिश्रणको संज्ञा दिईन् ।


0 comments:
Post a Comment