बिसालु च्याउ खाएर शान्तिडाँडाका चार सिकिस्त, जमुनामा बँदेलको आक्रमणबाट एक घाइते
इलाम २५ भदौ – विषालु च्याउ खाएर इलाम शान्तिडाँडाका चार जना सिकिस्त भएका छन् । बिहान आफ्नै बारीको गोवरमा उम्रीएको च्याउ खाएर एकै परिवारका चार जना सिकिस्त विरामी परेका हुन् । बिहानको खानासँगै खाएको च्याउको तरकारीबाट शान्तिडाँडा ६ का श्रीमान काजीमान राइ, श्रीमती फुलमाया राई, छोरा सन्दिप र छोरी सङ्गीता राई रहेका छन् । उनीहरुको अवस्था चिन्ता जनक रहेको जिल्ला अस्पताल इलामलाई उदृद गर्दै जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
च्याउ खाएर विरामी परेकी छोरी सङ्गीता : तस्वीरः टिका खतिवडा
उनीहरु चारैजनालाई इलाम अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारकालागि भmापातर्फ पठाइएएको बुझीएको छ ।
बँदेलको आक्रमणमा एक घाइते
जमुनामा बँदेलको आक्रमणमा परी एकजना घाइते भएका छन् । बिहान घाँस काट्न जङ्गलमा गएका जमुना एकका घनश्याम थेवेलाई बँदेलले आक्रमण गरेको थियो । उनको हात खुट्टा र शरिरमा चोट लागेको छ । उनलाई पनि इलाम अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारकोलागि झापा तर्फ रेफर गरिएको जनाइएको छ ।

0 comments:
Post a Comment