राजधानीको नेपालटारस्थित मनमैजु चारघरेमा रहेको सिसा कारखानामा भीषणा आगलागी भएको छ । आज बिहान साँढे साँढे ७ बजेदेखि आगलागी सुरु भएको बताइएको छ ।
नुवाकोटको बेलकोट स्थायी घर भएका रामशरण तिमल्सिनाको लगानी रहेको सो कारखानाले विभिन्न सिसाजन्य सामानहरुको उत्पादन गर्दै आइरहेको थियो । बिहान कारखानाका कामदारहरुले सदाझैं काम गरिरहँदा एक्कासी ग्यास लिक भई आगलागी सुरु भएको त्यहाँ कार्यरत एक कामदारले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार ग्यास लिक हुनासाथ आगो नजिकै रहेको ओड्ने सिरक र कपडाहरुमा सल्किँदै सर्वत्र फैलिएको हो । आगलागीबाट कारखानामा रहेका सिसा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र अन्य सामानहरु जलेको कर्मचारी केशब पुडासैनीले जानकारी दिए । यस्तै आगलागीमा परि एक कामदार सामान्य घाइते भएका छन् ।
बस्ती नजिकै रहेको उक्त कारकानाको आगलागी स्थानीयले झण्डै एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिएका थिए । साघुरो बाटोभित्र रहेको सो कारखानामा पुग्न दमकल नसक्ने भएको र कारखानाभित्र दर्जनौं ग्यासका सिलिन्डर समेत रहेकाले आगलागी बस्तीसम्म फैलिनसक्ने भन्दै स्थानीय त्रसित भएका थिए ।
स्थानीय प्रकाश रिमालका अनुसार आफूहरुको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको भन्दै ग्यास भएतर्फ आगो जान नलिँदा थप ठुलो दुर्घटना हुन बाट जोगिएको बताए । ‘ग्यास विस्फोट भएको भए नजिकैका घरहरुमा ठूलो क्षति पनि हुन सक्थ्यो’ उनले भने । उनले बस्ती नजिकै कारखाना राखिएपनि सञ्चालनले आवश्यक सुरक्षा नअपनाएको गुनासो गरे । प्रहरीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताएको छ ।
कामदारहरुका अनुसार यसअघि पनि काम गर्ने क्रममा सामान्य आगलागी भइरहने गरेको भएपनि यसपटक भने ठूलो आगलागी भएको हो ।

0 comments:
Post a Comment