असोज ४ गते राष्ट्रपतिले संविधान घोषणा गर्ने कार्यतालिका तयार
संविधानसभा सचिवालयले असोज पहिलो सातामा संविधान जारी गर्ने कार्यतालिका बनाएको छ । असोज ४ गते विशेष समारोहमार्फत् राष्ट्रपतिले संविधान घोषणा गर्ने गरी बनाइएको आन्तरिक कार्यतालिका सचिवालयले सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएको छ । स्रोतका अनुसार, प्रस्तावित कार्यतालिकामा भोलि मंगलवार बैठक सुरु भएपछि संविधान
जारी नभएसम्म निरन्तर चल्ने व्यवस्था गरिएको छ । संशोधन प्रस्ताव पेस गर्ने अवधि समाप्त भएकाले भोलि विहान बस्ने संविधानसभा बैठक संविधानको विधेयकलाई संविधानमा बदल्ने काममा केन्द्रित हुने बताइएको छ ।
सचिवालयका एक अधिकारीका अनुसार, एक सातासम्म दफावार छलफल गरी मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनुहुनेछ । सिटौलाको जवाफपछि संशोधन प्रस्ताव फिर्ता नभएको खण्डमा मतदानमार्फत टुंगो लगाउने प्रक्रिया अवलम्वन गरिने स्रोतको भनाइ छ । संविधानको धाराहरू ध्वनि मतका आधारमा पारित गरिने भएको छ । तर ६१ सभासद्ले लिखित मत माग गरे सभाध्यक्षले लबी विभाजन गरेर मतदान गराउनुपर्ने प्रावधान छ ।
0 comments:
Post a Comment