छिरिङको सम्मानमा मोटरसाईकल -याली सहित नागरिक अभिनन्दनः

१९ वर्ष मुनिको 'प्रथम साफ च्याम्पियनसिप फुटवल प्रतियोगिता २०७२' को राष्ट्रिय टिममा सहभागी भएर नेपाललाई विजयी गराउन योगदान दिएको भन्दै इलामका छिरिङ गुरुङलाई नागरिक अभिनन्दन गरिएको छ । स्थानीय रेडहर्स फुटवल क्लबले आयोजना गरेको मोटसाइकल
¥याली सहित नगर परिक्रमा कार्यक्रममा 
स्थानीयहरुले ठाउँठाउँमा स्वस्फुर्त रुपमा छिरिङ गुरुङलाई खदा र अविरले सम्मान व्यक्त गरेका थिए । इलाम जमुना निवासी छिरिङ गुरुङलाई गाडीमा राखेर नगर परिक्रमा गराउदै स्थानीय युवाहरुले देशको पक्षमा रावाजी
गरेका थिए ।
हिजो एक कार्यक्रमको आयोजना गरि रेडहर्ष फुटवल क्लब इलामले सम्मान पत्र सहित अविर र खादा लगाएर सम्मान गरेको थियो । उनलाई जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष जीतबहादुर राईले सम्मान पत्र प्रदान गरेका थिए । रेडहर्ष फुटवल क्लवका उपाध्यक्ष सुरेस श्रेष्ठको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति अध्यक्ष राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला फुटवल संघका अध्यक्ष निरोज खड्गी, द पियर फाउण्डेसन इलामका अध्यक्ष टीकाराम पुरी, पुर्व राष्ट्रिय खेलाडी सुवास राई लगायतले छिरिङको उज्वल भविष्यको कामना गरेका थिए । जिल्लावाट हाल फुटबलमा राष्ट्रिय टिममा नवयुग श्रेष्ठ, दर्शन गुरुङ र छिरिङ गुरुङ अनुबन्धित भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment