छिरिङलाई सम्मान
१९ वर्ष मुनिको ‘प्रथम साफ च्याम्पीयन सिप फुटवल प्रतियोगिता २०७२’ मा राष्ट्रिय टिममा सहभागी भएर नेपाललाई विजयी गराउन योगदान दिएको भन्दै इलामका एक खेलाडीलाई सम्मान गरिएको छ ।

इलाम जमुना निवासी छिरिङ गुरुङलाई आइतवार रेडहर्ष फुटवल क्लव इलामले सम्मान पत्र सहित अविर र खादा लगाएर सम्मान गरेको हो । उनलाई जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष जीतबहादुर राईले सम्मान पत्र प्रदान गरेका थिए । रेडहर्ष फुटवल क्लव
का उपाध्यक्ष सुरेस श्रेष्ठको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति अध्यक्ष राइको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला फुटवल संघका अध्यक्ष निरोज खड्गी, द पियर फाउढडेसन इलामका अध्यक्ष टीकाराम पुरी, पुर्व राष्ट्रिय खेलाडी सुवास राई लगायतले छिरिङको उज्वल भविष्यको कामना गरेका थिए । जिल्लावाट हाल फुटवलमा राष्ट्रिय टिममा नवयुग श्रेष्ठ, दर्शन गुरुङ र छिरिङ गुरुङ अनुवन्धित भएका छन् ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment