भारतबाट पेट्रोलियम पदार्थ बोकेर ट्याङ्कर नेपाल प्रवेश

झापा– नेपालको पूर्वी नाका काँकडभिट्टाबाट आज अपराह्न पेट्रोलियम पदार्थ बोकेका दुई ट्याङ्कर नेपाल प्रवेश गरेका छन् ।

भारतीय सीमा पानीटङ्कीमा सुरक्षा जाँचको बहानामा तीन दिनदेखि सयौँ नेपाली मालवाहक ट्रक तथा ट्याङ्करलाई रोकिएकामा आ
ज ती ट्याङ्करलाई भारतीय पक्षले छाडिदिएको मेची भन्सार कार्यालयले जनाएको छ ।
भन्सार प्रमुख भीमबहादुर अधिकारीका अनुसार बिहीबार साँझसम्ममा भारतीय भन्सार नाका पानीटङ्कीबाट १२ मालवाहक साधन काँकडभिट्टा आएका थिए । भारतीय नाकाबाट मालबाहक साधन नेपाल आउन नपाउँदा भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment