पूर्वी पहाडमा ल्यान्ड रोभर

 दोस्रो विश्वयुद्धको बेला प्रचलित जिपको डिजाइनकै प्रभावमा विट्रिश कम्पनीले डिजाइन गरेको थियो, ल्यान्ड रोभर । सैन्य प्रयोजनका लागि बनाइएका ल्यान्ड रोभर उतिखेर वेलायती सेनामा भर्ती भएर गएका लाहुरेले समेत प्रयोग गरे । वेलायतले अझैपनि यो गाडीलाई आफ्नो सानदार इतिहासको साक्षी ठान्छन् । ६७ वर्ष अघि डिजाइन गरिएको त्यही ल्यान्ड रोभर अहिले पूर्वी पहाडका सडकहरुमा भेटिन्छन् । कतै भारी वोकिरहेका त कतै यात्रु ।
चिप्लो होस् वा हिलाम्मे, भिरालो होस् वा साघु“रो । उच्च इन्जिन क्षमताको यो गाडीले जस्तोसुकै विकट वाटो पनि छिचोल्न सक्छ । त्यसैले पहाडका विकट वाटाहरुमा मलामीदेखि जन्तीसम्म, खाद्यान्नदेखि यात्रुसम्म वोकिरहेको छ । पूर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाका अनुसार पहाडका विकट बाटो छिचोल्न सक्ने विशेषताकै कारण ल्यान्ड रोभरले लोकप्रियता पाएको हो ।
झट्ट हेर्दा कुनै संग्रहालयमा राखिएका जस्तै देखिने पुराना मोडलका ल्यान्ड रोभर पहाडी भेगका निम्ति यातायातको भरपर्दो साधन हो । इलाम, पा“चथर, ताप्लेजुङ, भोजपुर लगायत थुप्रै जिल्लाका ग्रामिण भेगमा ल्यान्ड रोभरको विकल्प छैन । इलाममा मात्र ५६ भन्दा बढी पुराना मोडलका ल्यान्ड रोभरले दैनिक यातायात सेवा उपलव्ध गराइरहेको सुब्बा बताउ“छन् ।
यद्यपि अहिले सरकारको २० वर्ष पुरानो गाडी हटाउने निर्णयले सवैभन्दा वढी मार त्यही ल्यान्ड रोभरले खेप्नु परेको छ । यदि पूर्वी पहाडका ग्रामिण भेगवाट ल्यान्ड रोभर हटाउने हो भने त्यहा“ यतायातको उपस्थिति लगभग शून्य हुने व्यवसायीहरुको दावी छ ।
उनीहरु भन्छन्–‘गाउ“को अप्ठ्यारो वाटोमा ल्यान्ड रोभर वाहेकका गाडी कुद्न सक्दैनन् । यदि ल्यान्ड रोभर हटाइयो भने त्यस क्षेत्रका वासिन्दालाई आउजाउ गर्नदेखि सामान ढुवानी गर्नसम्म समस्या हुनेछ ।’



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment