साँझसम्म ब्यवसायी र बन्दकर्ताबीचको छलफल निष्कर्षबिहीन
चाडवाडको पूर्वसन्धयामा बन्द र हड्ताल नगर्न वा छोट्याउन वा अरु बिकल्प खोज्न आग्रह गर्दै आएको इलाम उद्याग वाणिज्य संघ र आजभोलीको बन्दकर्ताबीच बुधबार साँझ सदरमुकाममा भएको छलफल निष्कर्षबिहीन बनेको छ । पटकपटकको आग्रहपछि छलफल जुटेपनि निष्कर्ष निकाल्न नसकिएको संघले जनाएको छ । छलफलमा बन्द नगर्न आग्रह गरेका संघका प्रतिनिधीलाई बन्दकर्ताको तर्पmबाट बन्द सफल पार्न सहयोग गरिदिन र पूरा दिन बन्द गर्न आग्रह गरिएको थियो ।
बन्दकर्ताले बन्द गरिछाड्ने र ब्यवसायीले खोल्ने भन्ने कुरा आएपछि मिल्न नसकिएको लिम्बुवान पार्टी नेपालका जिल्ला अध्यक्ष डम्बर लोरिन्देनले बताए । उनका अनुसार छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।
संघका द्वितीय उपाध्यक्ष ईश्वर चिपालुले पहिलो चरणको छलफलबाट कुनै निष्कर्ष निकाल्न नसकिएको जनाउँदै पुनः केही बेरमा छलफलका लागि बस्ने बताए । यो समाचार तयार पार्दा साढे ६ बजेसम्ममा पहिलो चरणको निष्कर्षहिन बार्ता सकिएपनि अर्को वार्ता शुरु भएको थिएन ।
बन्दकर्ताले  बुधबार दिउँसो सम्म बन्दका बेला ब्यवसाय र यातायात मात्र बन्द गरेपनि शैक्षिक संस्था र मोटरसाइकल भने खुल्ने जनाए पनि साँझको पुल्ठे जुलुस पछिको कोण सभमा भने शैक्षिक संस्था र मोटर साईकल चल्न न दिने वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment